सोमबार, वैशाख २४ गते २०८१    
images
images

भारतमा अर्को महिना हुने अटो एक्सपोमा सर्वाधिक धेरै ३० विद्युतीय सवारी मोडल हुने, ईभी युग सुरु भएकै हो?

अधिकांश मोडल आउने छन् नेपाल 

images
images
images
भारतमा अर्को महिना हुने अटो एक्सपोमा सर्वाधिक धेरै ३० विद्युतीय सवारी मोडल हुने, ईभी युग सुरु भएकै हो?
images
images

काठमाडौं- भारतमा हरेक दुई वर्षमा हुँदै आएको सवारीसाधन सम्बन्धि प्रदर्शनी २०२३ को जनवरीमा ३ वर्षपछि हुँदै छ। कोरोना महामारीका कारण २०२२ को सुरुमा ‘अटो एक्सपो द मोटर शो’ हुन सकेको थिएन। 

images
images
images

२०२३ को जनवरी ११ बाट भारतको उत्तर प्रदेश स्थित ग्रेटर नोयडामा अटो एक्सपो द मोटर शो हुँदै छ। उक्त एक्सपोमा दर्जनौं ब्रान्डका सवारीसाधन तथा प्रोटोटाइप सार्वजनिक/शोकेस हुने छन्। २०२० मा भएको पछिल्लो संस्करणमा विद्युतीय सवारीको प्रदर्शनी बाक्लै भएको थियो। 

images

तर २०२३ को अटो एक्सपोमा भने विद्युतीय सवारीकै बाहुल्यता हुने निश्चित भएको छ। यो संस्करणमा ३० भन्दा बढी पूर्ण विद्युतीय सवारी प्रदर्शनीमा राखिने भएको छ। भारतीय सवारी उत्पादकदेखि युरोप, अमेरिका, जापानी तथा चिनियाँ उत्पादकले सवारी साधन तथा यसको प्रोटोटाइप शोकेस हुनेछन्। यो अटो एक्सपोमा महिन्द्रा, स्कोडा-फक्सवागन र रेनो-निसानको भने सहभागिता हुने छैन। 

images

विद्युतीय कारका मोडल बिक्री गर्दै आएका टाटा मोटर्स, हुन्डाई एमजीलगायत ब्रान्डले इन्डियन मोटर शोको १६औं संस्करणमा उच्च प्राथमिकताका साथ विद्युतीय सवारीका मोडल शोकेस गर्ने तयारी गरेका छन्। भारत सरकारले पनि शून्य प्रदूषण सवारी प्रयोगलाई प्राथमिकता दिएका कारण भारतीय कम्पनीहरुले विद्युतीय सवारी उत्पादनलाई जोड दिएका छन्। 

images
images

अटो एक्सपो २०२३ मा सवारी उत्पादक कम्पनीहरुले नयाँ जेनेरेसन र प्रविधिमा आधारित विद्युतीय सवारी प्रदर्शनीका लागि राम्रो अवसर पाउने र त्यहाँ उपभोक्तको उल्लासपूर्ण सहभागिता रहने सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम) का महानिर्देशक राजेश मेनोने बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। यो एक्सपोमा सुरक्षित, न्यून कार्बन उत्सर्जन गर्ने र प्रविधियुक्त सवारीसाधन बारे उपभोक्ताले भरपुर ज्ञान पाउने उनको भनाइ छ। 

कम मूल्यका ईभीमा जोड

अटो एक्सपो २०२३ मा टाटा मोटर्स, हुन्डाई मोटर इन्डिया तथा एमजी मोटरले सस्तो मूल्य अर्थात १५ लाख भारुभन्दा कम मूल्यका विद्युतीय कार शोकेस गर्न तयारी गरेका छन्। आम उपभोक्तालाई विद्युतीय सवारी प्रति आकर्षित गर्दै विद्युतीय सवारीलाई नै मेन स्ट्रिमका रुपमा विकास गर्न कम्पनीहरुले कम मूल्यका कार ल्याउन लागेका हुन्। 

एक्सपोले ठूला सवारी उत्पादकलाई मात्र नभइ साना तथा स्टार्टअप कम्पनीहरुलाई पनि समान रुपमा स्थान उपलब्ध गराउने छ। स्टार्टअपहरुले गरेका इनोभेसन, प्राविधि सम्बन्धी कम्पनीहरु, नीति निर्मातालगायतलाई एकै स्थानमा भेला गराएर छलफल गर्न वातावरण समेत एक्सपोले सृजना गर्ने विज्ञहरुको भनाइ छ। 

एक्सपोले पछिल्लो पटक विकास भएका प्रविधि तथा प्रविधि कम्पनीहरु, अटोनोमस प्रविधि, सवारीको विद्यूतीकरणलगायतमा स्टाटअप र परम्परागत कम्पनीहरुलाई मिलन गराउन समेत भूमिका खोल्ने एक्सपोका सल्लाहकार भीजी रामाकृणनले बताएका छन्। विश्वमा विकास भएका सवारी सम्बन्धी प्रविधि कार्यान्यवनको चरणमा रहेकाले पनि यस्ता एक्सपोहरुले दुवै पक्षलाई फाइदा पुग्नेछ। 

ग्रेटर नोयडामा जनवरी ११ देखि सुरु हुने अटो एक्सपोमा ईभीमात्र उत्पादन गर्ने ब्रान्डहरु प्रभाग डाइनामिक्स, ग्रेभ्स कटन, ओमेगा सिकी, ओकिनावा अटोटेक, हिरो इको टेक, एलएमएल इमोसन्सलगायत दर्जनभन्दा बढी सवारीसाधन प्रदर्शनीमा हुनेछन्। त्यस्तै केही चिनियाँ विद्युतीय सवारी उत्पादकको समेत सहभागिता हुने तय भएको छ। 

समग्रमा अटो एक्सपो २०२३ मा करिब ७० ब्रान्डले आफ्ना सवारी प्रदर्शनीमा राख्ने छन्। २०२० मा भएको अटो एक्सपोको १५औं संस्करणमा ५५ ब्रान्डको मात्र सहभागिता रहेको थियो। भारतमा उत्पादन भएका वा प्रदर्शनीमा राखिएको सबैजसो ब्रान्ड नेपाली बजारमा समेत आउने छन्। 

त्यसमा पनि विद्युतीय सवारी त शतप्रतिशत आउँछन् भन्दा पनि फरक पर्दैन। हाल नेपाली बजारमा भारतमा उत्पादित धेरै जसो दुई पांग्रे विद्युतीय सवारी आयात भइरहेका छन्। पछिल्लो पटक ओमेगा सिकीका विद्युतीय तीनपांग्रे सवारी समेत नेपाल आउन थालिसकेको छ। 

अटो एक्सपोमा टाटा मोटर्सले, ४ वटा भन्दा बढी, हुन्डाईले त्यही संख्यामा, सुजुकीले पनि विद्युतीय सवारीको प्रोटोटाइम सार्वजनिक गर्नेछ। उत्पादन भएका र आगामी दिनमा उत्पादन हुने सबै विद्युतीय सवारीहरु नेपाल आउने छन्। अटो एक्सपोमा सहभागी नभएका महिन्द्रा, फक्सवागनलगाय ब्रान्डका विद्युतीय सवारी पनि नेपाल आउने छन्।  

images

प्रकाशित : शनिबार, पुस २ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस