शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

मंसिरमा घरजग्गा कारोबारमा सुधार भएपनि राजश्वमा झनै गिरावट

images
images
images
मंसिरमा घरजग्गा कारोबारमा सुधार भएपनि राजश्वमा झनै गिरावट
images
images

काठमाडौं- घरजग्गा कारोबारमा मंसिर महिनामा आएर केही सुधार देखिएको छ। लगातार घटिरहेको कारोबार मंसिरमा भने केही सुधार देखिएको हो। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना कात्तिकमा २७ हजार ९३९ घरजग्गा किनबेच भएको थियो। 

images

लिखित पारित बढेपनि राजश्वमा भने कमी आएको छ। मंसिरमा घरजग्गा कारोबारबाट सरकारले २ अर्ब ६४ करोड बढी राजस्व उठाएको छ। कात्तिकमा राजस्व संकलन ३ अर्बभन्दा बढी थियो। चालु यस वर्षको कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार नौ सय १६ रुपैयाँ बराबर राजस्व संकलन भएको थियो। 

images

विभागका अनुसार गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ रुपैैयाँ राजस्व संकलन भएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा ३ अर्ब ५६ करोड २९ लाख ३ हजार ९ सय १ रुपैयाँ बराबरको राजस्व संकलान भएको छ भने साउनमा देशभरका मालपोल कार्यालयबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७  रुपैयाँ राजस्व संकलन भएको छ।

images
images

गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको छैन। ठूला लगानीकर्तालाई बैंकको दबाब भएपछि साना लगानीकर्ताहरू समेत मारमा परेका छन्। जसका कारण काठमाडौंमात्रै होइन विराटनगर, चितवन, नेपालगन्ज, धनगढीलगायत मुख्य सहरहरूमा मन्दी आएको छ।

सयौँ विगाह जमिनहरू प्लटिङ भएर बिक्री हुन सकेको छैन। पछिल्लो समय बैंकहरूले धमाधम घरजग्गा लिलामीमा समेत राखेका छन्। व्यवसायीका अनुसार पछिल्लो ९ महिनायता लगातार घरजग्गामा आएको मन्दीले जग्गाको भाउ घटाउँदासमेत बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादकको श्रेणीमा राखेको छ। मौद्रिक नीतिमा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको हो। 

images

प्रकाशित : शुक्रबार, पुस १ २०७९०८:०८

प्रतिक्रिया दिनुहोस