बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

इन्साइडर ट्रेडिङ गरेकाे ठहर गर्दै लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने बोर्डको निर्णय

शुक्रबार, पुस १ २०७९
इन्साइडर ट्रेडिङ गरेकाे ठहर गर्दै लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने बोर्डको निर्णय

पदमा रहने व्यक्तिले आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ। 

काठमाडौं- नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको पाइएपछि लगानीकर्ता गुरू प्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ। मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले कारबाही गर्ने निर्णय गरेको थियो। 

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए। त्यस्तै नेपाल हाइड्रोवापर लिमिटेडको अध्यक्ष रहेकै समयमा प्रधानले समेत आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम २८-१० अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव या संगठित संस्थाका अध्यक्षले कम्पनी छाडेको एकवर्षसम्म कुनै पनि परिवारका सदस्यमा सेयर हस्तान्तरण गर्न नपाइने व्यवस्था रहेको छ।

पदमा रहने व्यक्तिले आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ। यस्तो कसुरमा दुई किसिमका कारबाहीको व्यवस्था छ। पहिलो २५ देखि ७५ हजारसम्म जरिवाना र कुनै पनि सूचीकृत कम्पनीमा १० वर्षसम्म सञ्चालक समिति लगायतका महत्वपूर्ण पदमा नियुक्ति लिन पाइने छैन। 

त्यस्तै यस्तो अपराध भएको आशंका लागेमा धितोपत्र बोर्डले अनुसन्धान अधिकृत तोकेर अध्ययन गराउने व्यवस्था छ। यसरी नियम विपरीत काम गरेको देखिएमा यस्तो कारोबारबाट भएको नाफा वा नोक्सान हुनबाट जोगिन गरिएको यस्तो कारोबार रकम बराबर बिगो भराउने व्यवस्था छ।


प्रकाशित : शुक्रबार, पुस १ २०७९०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend