बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब न्यून राजस्व संकलन, सरकारी वित्तका सबै सूचक खराब 

शुक्रबार, पुस १ २०७९
लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब न्यून राजस्व संकलन, सरकारी वित्तका सबै सूचक खराब 

यो वर्षको लक्ष्यमात्र होइन गत वर्षको संकलनभन्दा २० प्रतिशत न्यून राजस्व उठाएको छ। पाँच महिनामा राजस्व संकलन २० प्रतिशतले ऋणात्मक भएको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको पाँच महिनामा सरकारी लक्ष्यको तुलनामा १ खर्ब ३८ अर्ब न्यून राजस्व संकलन भएको छ। 

सरकारले यो वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ६४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर महालेखा नियन्त्रणकको कार्यालयका अनुसार यो वर्षको मंसिर मसान्तसम्म जम्मा ३ खर्ब २६ अर्ब राजस्व संकलन भएको छ। यो लक्ष्यभन्दा १ खर्ब ३८ अर्ब न्यून हो। 

बजारमा अधिकांस वस्तु तथा सेवाको मागमा गिरावट आउँदा त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा परिरहेको छ। लक्ष्यको तुलनामा न्यून राजस्व संकलन भएपछि सरकारले तोकिएका विकास निर्माणमै खर्च गर्ननसक्ने अवस्था आएको छ। 

यो वर्षको लक्ष्यमात्र होइन गत वर्षको संकलनभन्दा २० प्रतिशत न्यून राजस्व उठाएको छ। पाँच महिनामा राजस्व संकलन २० प्रतिशतले ऋणात्मक भएको छ। 

यो वर्ष संघीय सरकारले कूल १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। पुस मसान्तमा धेरै राजस्व उठ्ने अनुमान गरिएपनि मंसिरको ग्याप पूरा नहुने अधिकारीहरूले बताएका छन्। 

राजस्वमात्र ऋणात्मक होइन अधिकांस सरकारी वित्तका सूचक खराब भएका छन्। राजस्व बाहेक अनुदा तथा अन्य प्राप्ति जोड्दासमेत सरकारी आम्दानी ऋणात्मक भएको छ। 

अनुदान तथा अन्य आम्दानी गर्दापनि सरकारले पाँच महिनामा कूल ३ खर्ब ५७ अर्ब आम्दानी गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा १९ प्रतिशतले न्यून हो। 

यो बीचमा सरकारले कूल ४ खर्ब ३५ अर्ब खर्च गरेको छ। आम्दानी र खर्चको अन्तर नै ७८ अर्ब पुगेको छ। यो अन्तरको ग्याप सरकारले आन्तरिक तथा वैदेशिक ऋणबाट गरेको छ। 

कूल खर्चमा सरकारले ३ खर्ब ५४ अर्ब चालु तर्फ गरेको छ भने ३३ अर्ब पुँजीगतमा गरेको छ। त्यस्तै ४६ अर्ब वित्तीय व्यवस्थापनमा खर्च गरेको छ। 


प्रकाशित : शुक्रबार, पुस १ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend