बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वित्तीय संस्थाहरूमा थपियो ९ अर्ब निक्षेप, सीडी रेसियो घट्दाे ट्रेण्डमा

शुक्रबार, पुस १ २०७९
वित्तीय संस्थाहरूमा थपियो ९ अर्ब निक्षेप, सीडी रेसियो  घट्दाे ट्रेण्डमा

काठमाडौं- वित्तीय संस्थामा कुल निक्षेप ५२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये वाणिज्य बैंकहरूको कुल निक्षेप ४६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँ थपिएको छ। २६ वाणिज्य बैंकहरूको कुल निक्षेप ७ अर्बले बढेर ४६ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। 

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तथा वित्तीय संस्थाको निक्षेप भने ५२ खर्ब २९ पुगेको छ। वित्तीय संस्थाहरुको ऋण प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। निक्षेप बढ्दा ऋण प्रवाह भने २ अर्ब रुपैयाँले घटेको छ। वाणिज्य बैंकहरुको ऋण प्रवाह ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। 

पछिल्ला दिन निक्षेपमा आएको सुधारले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.१५ प्रतिशतमा झरेको छ। जुन राष्ट्र बैंकको तोकेको ९० को सिमा भन्दा तल हो। अन्तर बैंक सापटीको ब्याजदर ६.९३ प्रतिशतमा आएको छ। यसअघि अन्तर बैंक सापटी तथा स्थायी तरलता सुविधा (एसएलएफ) ८.५ प्रतिशत सम्म पुगेको थियो।  


प्रकाशित : शुक्रबार, पुस १ २०७९०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend