बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

बैंकको सीईओको योग्यताबारे राष्ट्र बैंकको नयाँ निर्देशन, कस्तो अवस्थामा बन्न पाइँदैन?

बिहीबार , मंसिर २९ २०७९
बैंकको सीईओको योग्यताबारे राष्ट्र बैंकको नयाँ निर्देशन, कस्तो अवस्थामा बन्न पाइँदैन?

राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै यसअघि तय भएका शर्तमा थप व्यवस्था गरेको हो। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे नयाँ निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यताबारे थप ब्यबस्था गरेको हो।

bank ceo 1.png

नयाँ ब्यबस्थाअनुसार अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन पाउने छैन। यसअघि बेइमानी वा जालसाजीको आरोपमा सजाय पाएको व्यक्ति सीइओ हुन नपाउने ब्यबस्था रहकोमा अब भ्रष्ट्राचार आरोपमा सजाय पाएको व्यक्ति पनि प्रमुख कार्यकारी अधिकृत हुन नपाउने ब्यबस्था गरिएको हो।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको व्यक्ति मात्र सीईओ हुन पाउने छ। यदि आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको ५ वर्ष व्यतित भइसकेपछि मात्र सीईओ हुन पाउने छ।

त्यस्तै अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको सेयरधनी हुन पाउने छ।


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend