मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा जानेमध्ये ४२ प्रतिशतको रोजाइ मलेसिया, ४ महिनामै बाहिरिए २ लाख ८२ हजार युवा

images
शुक्रबार, पुस १ २०७९
images
images
वैदेशिक रोजगारीमा जानेमध्ये ४२ प्रतिशतको रोजाइ मलेसिया, ४ महिनामै बाहिरिए २ लाख ८२ हजार युवा
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को चार महिना (साउन -कात्तिक) मा वैदेशिक रोजगारीका लागि २ लाख ८२ हजार ६ सय २४ जना युवा बाहिरिएका छन्।

images
images
images

जसमा म्यानपावर तथा व्यक्तिगत भिसामार्फत नयाँ कामका लागि विदेशिनेको संख्या १ लाख ९५ हजार १ सय ९६ जना छन्। यसैगरी विदामा नेपाल आइ पुन: विदेश फर्कनेको संख्या भने ८७ हजार  ४ सय २८ रहेको छ। वैदेशिक रोजगारीका लागि विदेश जानेहरूमध्ये सबैभन्दा धेरै मलेसिया पुगेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा मलेसियाको रोजगारीका पुग्ने युवाको संख्या १ लाख १७ हजार ४ सय ५८ रहेको छ। जसमा व्यक्तिगत तथा म्यानपावरमार्फत नयाँ रोजगारीका लागि मलेसिया पुग्नेको संख्या मात्रै १ लाख ५ हजार २ सय ५५ रहेको छ भने विदामा नेपाल आइ पुन: मलेसिया जानेको संख्या १२ हजार २ सय ३ रहेको छ।

images

समग्रमा ४ महिनामा मलेसियाको रोजगारीमा जानेको संख्या कुल वैदेशिक रोजगारीमा जाने संख्याको ४१ दशमलब ५५ प्रतिशत रहेको छ।

images

यसैगरी दोस्रो बढी कामदार जाने देशमा कतार रहेको छ। व्यक्तिगत तथा म्यानपावरमार्फत नयाँ रोजगारीका लागि ४ महिनामा कतार पुग्नेको संख्या १८ हजार ८ सय ५२ र विदामा नेपाल आइ पुन: फर्कनेको संख्या २५ हजार ५४ रहेको छ। कतारमा रोजगारीका लागि जाने युवाको कुल संख्या ४३ हजार ९ सय ६ रहेको छ। जुन कुल वैदेशिक रोजगारीका लागि विदेश जाने संख्याको १५ दशमलब ५३ प्रतिशत हो।

यसैगरी व्यक्तिगत तथा म्यानपावरमार्फत नयाँ कामका लागि जाने १५ हजार १ सय ३९ र विदामा नेपाल आइ पुन: रोजगारीका लागि जाने २० हजार ८ सय ११ गरी कुल युएईमा रोजगारीका लागि जानेको संख्या ३५ हजार ९ सय ५० रहेको छ।

साथै साउदी अरब जानेको संख्या ३१ हजार २ सय ५२ रहेको छ। जसमा व्यक्तिगत तथा म्यानपावर मार्फत नयाँ रोजगकारीका लागि जानेको संख्या १२ हजार ७ सय ७५ र विदामा आइ पुन रोजगारीमा जानेको संख्यान १८ हजार ४ सय ७७ रहेको छ। यसैगरी कुवेत पुग्नेको संख्या १७ हजार ७ सय ४१ रहेको छ।


प्रकाशित : शुक्रबार, पुस १ २०७९०२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend