बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साताभर उही अवस्थामा सेयर बजार, नयाँ सरकार गठनको पर्खाइ

बिहीबार , मंसिर २९ २०७९
साताभर उही अवस्थामा सेयर बजार, नयाँ सरकार गठनको पर्खाइ

काठमाडौं- लामो समयदेखि निरन्तर उतारचढावमा देखिएको सेयर बजार साताको अन्तिम कारोबारमा बिहीबार ओरालो लागेको छ।चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि उही अवस्थामा तलमाथि भइरहेको हो। 

बिहीबार १४.४८ अंकले घटेर बजार १८८२.६२ बिन्दुमा झरेको छ। २८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। १६७ कम्पनीको मूल्य घट्दा १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ।

यो साता समग्रमा बजारमा ३४.६७ अंकको गिरावट देखिएको छ। 

साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको थियो। सोमबार १६.९७ अंकले बढेर बजार १९०२.२८ बिन्दुमा पुगेको बजारमा मंगलबार उही वृद्धि कायम रहन सकेन। मंगलबार २.५७ अंकले घटेर बजार १८९९.७० बिन्दुमा झरेको थियो। बुधबार २.६२ अंकले घटेर बजार १८९७.०८ बिन्दुमा झरेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend