बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दोस्रो बजारमा कारोबार रोक्का भएको शिवम् सिमेन्टको लाभांश प्रस्ताव, गतवर्षभन्दा १९ प्रतिशत कम

बिहीबार , मंसिर २९ २०७९
दोस्रो बजारमा कारोबार रोक्का भएको शिवम् सिमेन्टको लाभांश प्रस्ताव, गतवर्षभन्दा १९ प्रतिशत कम

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा कारोबार रोक्का गरेको भोलिपल्ट आज बिहीबार शिवम् सिमेन्टले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। नेपाल स्टक एक्सचेन्जले प्रोमोटर सेयर बिक्रीको विषयमा समस्या देखिएपछि कारोबार रोक्का गरेको छ। 

कम्पनीले गत वर्ष भन्दै १९ प्रतिशत घटाएर लाभांश घोषणा गरेको हो। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम २८–१० अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव या संगठित संस्थाका अध्यक्षले कम्पनी छाडेको एकवर्षसम्म कुनै पनि परिवारका सदस्यमा सेयर हस्तान्तरण गर्न नपाइने व्यवस्था रहेको छ।

तर शिवम्मा सञ्चालकहरूले नियम विपरित अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य हस्तान्तरण गरेको पाइएको समेत सूचनामा उल्लेख गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीको सभा पुस २९ गते बस्दैछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend