शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

दोस्रो बजारमा कारोबार रोक्का भएको शिवम् सिमेन्टको लाभांश प्रस्ताव, गतवर्षभन्दा १९ प्रतिशत कम

images
बिहीबार , मंसिर २९ २०७९
images
दोस्रो बजारमा कारोबार रोक्का भएको शिवम् सिमेन्टको लाभांश प्रस्ताव, गतवर्षभन्दा १९ प्रतिशत कम
images
images

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा कारोबार रोक्का गरेको भोलिपल्ट आज बिहीबार शिवम् सिमेन्टले लाभांश प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। नेपाल स्टक एक्सचेन्जले प्रोमोटर सेयर बिक्रीको विषयमा समस्या देखिएपछि कारोबार रोक्का गरेको छ। 

images
images
images

कम्पनीले गत वर्ष भन्दै १९ प्रतिशत घटाएर लाभांश घोषणा गरेको हो। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। 

images
images

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम २८–१० अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव या संगठित संस्थाका अध्यक्षले कम्पनी छाडेको एकवर्षसम्म कुनै पनि परिवारका सदस्यमा सेयर हस्तान्तरण गर्न नपाइने व्यवस्था रहेको छ।

images
images

तर शिवम्मा सञ्चालकहरूले नियम विपरित अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य हस्तान्तरण गरेको पाइएको समेत सूचनामा उल्लेख गरेको छ। 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ। कम्पनीको सभा पुस २९ गते बस्दैछ। सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend