बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दोस्रो बजारमा शिवम् सिमेन्टको कारोबार रोक्का

बुधबार, मंसिर २८ २०७९
दोस्रो बजारमा शिवम् सिमेन्टको  कारोबार रोक्का

काठमाडौं- शिवम् सिमेन्टको दोस्रो बजारमा कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेन्जले प्रोमोटर सेयर बिक्रीको विषयमा समस्या देखिएपछि कारोबार रोक्का गरेको हो। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम २८–१० अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव या संगठित संस्थाका अध्यक्षले कम्पनी छाडेको एकवर्षसम्म कुनै पनि परिवारका सदस्यमा सेयर हस्तान्तरण गर्न नपाइने व्यवस्था रहेको छ।

तर शिवम्मा सञ्चालकहरूले नियम विपरित अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य हस्तान्तरण गरेको पाइएको समेत सूचनामा उल्लेख गरेको छ। 

‘प्रमोटर’ सेयर होल्डर बाहिरिएको चर्चासँगै शिवम् सिमेन्टको सेयर मूल्यमा पहिरो ‘प्रमोटर’ सेयर होल्डर बाहिरिएको चर्चासँगै शिवम् सिमेन्टको सेयर मूल्यमा पहिरो

नेप्सेले सेयर सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्नु हुन धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार यो निर्देशन जारी गरिएको छ। उपर्युक्त निर्देशनअनुसार १५ दिनभित्र सेयर रोक्का राखी जानकारी गराउनु हुन एवं नयाँ हुने उल्लेखित पदाधिकारीहरूको सेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ। 

shivam.jpeg


प्रकाशित : बुधबार, मंसिर २८ २०७९११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend