बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मर्जरमा जाने भएपछि बैंक अफ काठमाण्डूकाे कर्मचारी अवकाश योजना, २७ महिनासम्मको तलब पाउने

बुधबार, मंसिर २८ २०७९
मर्जरमा जाने भएपछि बैंक अफ काठमाण्डूकाे कर्मचारी अवकाश योजना, २७ महिनासम्मको तलब पाउने

काठमाडौं- बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकबीच मर्जर हुने भएपछि बैंक अफ काठमाण्डूले आफ्ना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको छ।

मर्जरमा जाँदा कर्मचारी समायोजनमा समस्या हुने भएपछि बैंकले आफ्ना कर्मचारीलाई भीआरएस योजना ल्याएको हो। भीआरएसमा जाने कर्मचारीहरूले योजनाअनुसार १० महिना देखि २७ महिनासम्मको तलब पाउने छन्।

bok.jpg

जसमा ५ वर्षसम्म काम गरेका कर्मचारीले १० महिनाको तलव पाउने छन् भने सबैभन्दा धेरै २५ वर्षमाथि काम गरेका कर्मचारीहरूले २७ महिनाको तलब पाउने छन्। योजनाअनुसार अन्य सुविधासमेत पाउनेगरी बैंक र कर्मचारीबीच सहमति भएको हो। 

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके लिमिटेड भएको छ। बैंकको एकीकृत कारोबार पुस मसान्तभित्रै गर्नेगरी प्रक्रिया अगाडि बढेको छ। मर्जरपछि नेपालकै सबैभन्दा ठूलो बैंक हुने छ।

सूचक यस्ता हुनेछन् 

कुल पुँजी :  ५२ अर्ब २९ करोड 

चुक्तापुँजी : ३४ अर्ब ४१ करोड 

कुल निक्षेप : ३ खर्ब ८४ अर्ब

कुल कर्जा : ३ खर्ब ८० अर्ब

ग्राहक : ३७ लाख 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend