सोमबार, वैशाख २४ गते २०८१    
images
images

१ खर्ब भारु लगानी गरेर नयाँ विद्युतीय कारमात्र उत्पादन गर्ने प्लान्ट बनाउने महिन्द्राको घोषणा

images
images
images
१ खर्ब भारु लगानी गरेर नयाँ विद्युतीय कारमात्र उत्पादन गर्ने प्लान्ट बनाउने महिन्द्राको घोषणा

महाराष्ट्र विगत ७० वर्षयता महिन्द्राका लागि गृहराज्यका रुपमा रहेको समेत उनले बताएका छन्। महाराष्ट्र सरकारको यो सहयोगलाई महत्वपूर्ण भएको महिन्द्राले उल्लेख गरेको छ। 

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले नयाँ विद्युतीय सवारीमात्र उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने भएको छ। केही महिनाअघि विभिन्न मोडलका विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको महिन्द्राले विद्युतीय सवारीमात्र उत्पादन गर्ने नयाँ प्लान्ट बनाउने घोषणा गरेको हो। 

images
images
images

भारतको महाराष्ट्रको पुनेमा बन्ने नयाँ विद्युतीय सवारी उत्पादन प्लान्टमा १ खर्ब भारतीय रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ। महाराष्ट्र सरकारले महिन्द्राको विद्युतीय सवारी उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने प्रताव स्वीकृत गरेको छ। 

images

महाराष्ट्र सरकारले ल्याएको विद्युतीय सवारी सम्बन्धी सहुलियत योजनाअन्तर्गत महिन्द्राको उक्त लगानी स्वीकृत भएको हो। महाराष्ट्र सरकारले महिन्द्राको विद्युतीय सवारीमात्र उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने योजना स्वीकृत गर्नुले विद्युतीय सवारीमा महिन्द्राको यात्रालाई थप उचाइमा पुर्‍याएको महिन्द्राका अटो एन्ड फार्म सेक्टरका कार्यकारी निर्देशक राजेश जेजुरीकरले बताए। महाराष्ट्र विगत ७० वर्षयता महिन्द्राका लागि गृहराज्यका रुपमा रहेको समेत उनले बताएका छन्। महाराष्ट्र सरकारको यो सहयोगलाई महत्वपूर्ण भएको महिन्द्राले उल्लेख गरेको छ। 

images

महाराष्ट्र सरकारले विद्युतीय सवारीका लागि लिएको नीतिले अन्तरिक मात्र नभइ प्रत्यक्ष वैदेशिक लगानीलाई समेत आकर्षित गर्ने खालेका रहेको र यो राज्य विद्युतीय सवारीको हव बन्ने अनुमान गरिएको छ। 

images
images

महिन्द्राले विद्युतीय सवारी उत्पादन गर्न यही वर्षको अगष्टमा बीई ब्रान्ड सार्वजनिक गरेको थियो। बीई ब्रान्ड महिन्द्राको विद्युतीय सवारीको यात्रामा नयाँ सुरुवात भएको जिकिर कम्पनीको छ। विद्युतीय सवारी उत्पादनका लागि महिन्द्राले हालै एग्लो(आईएनजीएलओ) ईभी प्लेटफर्म विकास गरेको छ। 

सो प्लाटफर्ममा महिन्द्राले एसयूभी सेगमेन्टमा विद्युतीय कार र बीई ब्रान्डमा पनि विद्युतीय कार नै बनाउने छ। यसका अलावा महिन्द्राले एक्सयूभी ब्रान्डमै पनि विद्युतीय एसयूभी सवारी ल्याउने बताएको छ। 

विद्युतीय सवारीमा विश्व नै आक्रामक रुपमा लागेको र भारत सरकार पनि पेट्रोलबाट निस्कने प्रदूषण नियन्त्रण गर्नुपर्ने दबाबमा रहेकोले विद्युतीय सवारी उत्पादनलाई प्राथमिकता दिने नीति लिएर अघि बढेको छ। त्यसैले भारतकै सवारी उत्पादक कम्पनीहरुले विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिएका छन् जसमा सरकारले ठूलो सहुलियत उपलब्ध गराइरहेको छ। 

भारतमा हाल टाटा मोटर्सले विद्युतीय सवारीको बिक्रीमा आफ्नो उपस्थितिलाई बलियो बनाइुसकेको छ। विगतको विद्युतीय सवारीको विरासतमा महिन्द्रा तत्काललाई केही पछि परेको छ। त्यसैले पनि अब विद्युतीय सवारीलाई विशेष प्राथमिकता दिएर लगानी तथा योजनाहरु महिन्द्राले ल्याइरहेको छ। 

भारतमा विद्युतीय सवारीको उत्पादन र बिक्री बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिने छ। नेपालमा पनि सरकारले विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिएको छ। भारतमा उत्पादन हुँदा तुलनात्मक रुपमा कम मूल्यमा विद्युतीय सवारी नेपाल आउने छ। 

images

प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस