बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

लाभांशको चर्चामा पनि टेलिकमको सेयर मूल्यमा देखिएन वृद्धि, कति आउला लाभांश?

बिहीबार , मंसिर २९ २०७९
लाभांशको चर्चामा पनि टेलिकमको सेयर मूल्यमा देखिएन वृद्धि, कति आउला लाभांश?

काठमाडौं- लगानीकर्ताका लागि आकर्षक लाभांश आउने चर्चा भएपनि नेपाल टेलिकमको सेयर मूल्य भने बढ्न सकेको छैन।

नेपाल टेलिकमको बुधबार प्रतिकित्ता ९० पैसा घटेर ९०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बुधवार ५९ हजार ९ सय २ कित्ता कारोबार हुँदा ५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

ntc.JPG

टेलिकमले गतवर्ष ४० प्रतिशत लाभांश दिएको थियो। गतवर्ष बढेर १७९९ रुपैयाँ पुगेको भएपनि पछि घटेको थियो। टेलिकमले पहिलो पटक २०/२० प्रतिशत नगद र बोनस सेयर दिएको थियो।

टेलिकमले यसवर्ष पनि ४७ प्रतिशत लाभांश दिने क्षमता रहेको छ। यसवर्ष पनि टेलिकमले नगद र बोनस सेयर दुबै दिने अनुमान गरिएको छ। कम्पनीले यो वर्ष पनि ४० प्रतिशतकै हाराहारीमा लाभांश दिने अनुमान गरिएको छ। कम्पनीका सेयर लगानीकर्ताले पछिल्लो एकवर्षको अवधीमा प्रतिकित्ता ८०९ रुपैयाँ गुमाएका छन्। 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको आम्दानीमा झिनो मात्रै वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले तीन महिनामा कूल ११ अर्ब ४ करोड आम्दानी गरेको छ।

गत वर्षको यही अवधिमा कम्पनीले १० अर्ब ९५ करोड आम्दानी गरेको थियो। ग्राहकबाट हुने आम्दानी गत वर्षको तुलनामा अत्याधिक घटेको छ। गत वर्ष ग्राहकबाट हुने आम्दानी ९ अर्ब ७७ करोड गरेको कम्पनीले यो वर्ष ९ अर्ब ८ करोड मात्र गरेको छ। 

पहिलो त्रैमाइसमा कम्पनीले २ अर्ब २२ करोड नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा न्यून हो। गत वर्ष कम्पनीले २ अर्ब २५ करोड नाफा आर्जन गरेको थियो। 

प्रतिस्पर्धी बजार तथा पूर्वाधारमा लगानी बढाउनुपर्दा आम्दानी तथा नाफामा उत्साहजनक वृद्धि नभएको कम्पनीले उल्लेख गरेको छ। पछिल्लो समय कम्पनीले इन्टरनेट तथा फोरजी नेटवर्क विस्तारमा लगानी बढाइरहेको छ। यही कारणले आम्दानी तथा नाफामा असर देखिएको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार गत वर्षको तुलनामा प्रतिसेयर आम्दानी पनि घटेको छ। गत वर्षको यही अवधिमा प्रतिसेयर आम्दानी ५०.०६ रुपैयाँ रहेकोमा यो वर्ष ४९.४९ रुपैयाँमा सीमित भएको छ। 


प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend