बुधबार, वैशाख १२ गते २०८१    
images
images

होटल मोक्सीका लागि ९४ कोठासहितको पूर्वाधार, १ अर्ब ३५ करोड लगानी

होटल पूर्वाधार निर्माण सुरु भएको ५६ महिनामा सम्पन्न हुने छ

images
images
images
होटल मोक्सीका लागि ९४ कोठासहितको पूर्वाधार, १ अर्ब ३५ करोड लगानी

मेरियटकै ब्रान्ड मोक्सी विशेषगरी युवावर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरियटले नै गर्नेछ। फेन्सी तथा रमाइलो चाहने युवावर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेवित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।

images
images

काठमाडौं- पाँचतारे होटल म्यारिट सञ्चालन गरिरहेको समूहले अर्को लक्जरी होटल निर्माण गर्ने भएको छ। इन्टरनेशनल हिमालय हस्पिटालिटी ए‍ण्ड होटल प्रालिले काठमाडौंको कमलादीमा होटल निर्माण गर्ने घोषणा गरिसकेको छ। 

images
images
images

यो कम्पनीले कमलादीमा निर्माण हुने नयाँ होटल म्यारियट इन्टरनेशनलकै फ्यान्सी ब्रान्ड 'मोक्सी' ल्याउने छ। यसका लागि कम्पनीले यसअघि नै म्यारियट इन्टरनेशनलसँग सम्झौता गरिसकेको छ। 

images

यसअघि नै काठमाडौंमै म्यारियटका दुई भिन्न वर्गका ब्रान्डमा होटल सञ्चालन गरिरहेको यो समूहले नयाँ ब्रान्ड ल्याउने हो। अहिले यो कम्पनीले फेयरफिल्ड म्यारियट र म्यारियट होटल सञ्चालन गरिरहेको छ। 

images
mochi 111.jpg

नयाँ होटल पूर्वाधार निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन गराइसकेको छ। प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार यो होटलको कूल क्षेत्रफल ८८८.१४ वर्गमिटर हुनेछ। यो क्षेत्रफलमा निर्माण हुने भवन दुई बेसमेन्ट र भूई तला हुनेछन् भने ९ तलाको मूल भवन हुने छ। 

images
images

होटलमा कूल ९४ कोठा हुनेछन् भने २ सय बेड हुने कम्पनीले उल्लेख गरेको छ। ह्विलचेयर पहुँचका लागि र्‍याम्प सुविधासहितका दुई कोठा हुनेछन्। होटलको कूल क्षेत्रफलमध्ये आधा खुला क्षेत्र हुने कम्पनीले जानकारी दिएको छ। 

होटलमा एकैपटक ३० दुई पांग्रे र २० चार पांग्रे सवारी पार्किङ गर्न मिल्ने छ। दैनिक ४० हजार लिटर भूमिगत पानी खपत हुने होटल सञ्चालनको क्रममा ऊर्जा समिश्रण हुने भएको छ। बिजुली, पेट्रोलियम पदार्थ, सोलारको खपत हुने छ। 

होटल पूर्वाधार निर्माण सुरु भएको ५६ महिनामा सम्पन्न हुने छ। मोक्सी होटल म्यारियट इन्टरनेशनलको आधुनिक शैलीको ब्रान्ड हो। यो ब्रान्डका होटलमा परम्परागत होटल शैलीभन्दा भिन्न हुन्छ। बारबाट चेकइन हुने यो होटल 'रफ एण्ड टफ' ग्राहक लक्षित हुन्छ। 

moxy.png

मेरियटकै ब्रान्ड मोक्सी विशेषगरी युवावर्ग तथा विदेशी पाहुना लक्षित हो। सञ्चालन पनि मेरियटले नै गर्नेछ। फेन्सी तथा रमाइलो चाहने युवावर्ग लक्षित यो होटलमा ड्रमसेट म्युजिक चलिरहन्छ। यहाँ प्रवेश गर्नेवित्तिकै अरू होटलमा जस्तो रिसेप्सन हुँदैन। यसको सट्टा बार हुन्छ। युवा वर्गकै लागि भनेर कोठामा कपडा राख्ने दराज नराखी डोरी टाँगिने छ।

अहिलेसम्म फेन्सी स्टाइल चाहनेका लागि हामीकहाँ त्यस्तैखाले होटल छैनन्। मोक्सी रफ एन्ड टफ मान्छेका लागि हो। यसले युवा पुस्तालाई आकर्षित गर्छ। दिनभर डाइनिङ आउटलेट, टेक अवे, रूफटप बार, लगायत सेवा हुनेछ। त्यस्तै फिटनेस सेन्टर र स्विमिङ पुल पनि हुनेछ। 

चिनी र धागो उत्पादनमा सक्रिय एमएस समूहले पछिल्लो समय होटलमा लगानी बढाउँदै लगेको छ। 

images

प्रकाशित : बिहीबार , मंसिर २९ २०७९०५:०५

प्रतिक्रिया दिनुहोस