शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सिवाईसी लघुवित्तको सेयर मूल्यमा लगातार दोस्रो दिन सर्किट, मूल्य कतिसम्म पुग्ला?

बुधबार, मंसिर २८ २०७९
सिवाईसी लघुवित्तको सेयर मूल्यमा लगातार दोस्रो दिन सर्किट, मूल्य कतिसम्म पुग्ला?

काठमाडौं- आकर्षक लाभांश आउने चार्चाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा दोस्रो दिनपनि सकारात्मक सर्किट लागेको छ।

कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेकोको सेयर मूल्य बुधवार पनि १० प्रतिशतले बढेर सर्किट लागेको हो। मंगलबार कम्पनीको प्रतिकित्ता २०५.४० रुपैयाँ बढेर २२६०.२० रुपैयाँमा कारोबार भएको थियो। बुधबार पनि २२६ रुपैयाँ बढेर २४८६.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

cyc 11.JPG

कम्पनीको पहिलो तीन महिनामा गतवर्षको तुलनामा नाफा घटेपनि लाभांश दिने क्षमता अब्बल भएकोले कम्पनीको सेयर मूल्यमा उभार आएको हो। कम्पनीले ५० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ।

आर्थिक वर्षको पहिलो तीन महिनामा  १ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४०.३३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ५.५५ प्रतिशत घटेको छ। नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी आम्दानी ८३ रुपैयाँ ६३ पैसा घटेर ४९ रुपैयाँमा ७८ पैसामा झरेको छ। 

गत वर्ष कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता सेयर आईपीओ जारी गरेको थियो। कम्पनीको संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता रहेको छ। कम्पनीको ओपनिङ कारोबार ३८२ रुपैयाँमा भएको थियो। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend