शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढावमै सेयर बजार, देखिएन वृद्धितर्फको आधार

बुधबार, मंसिर २८ २०७९
उतारचढावमै सेयर बजार, देखिएन वृद्धितर्फको आधार

काठमाडौं- निरन्तर उतारचढावमा देखिएको सेयर बजारले अघि बढ्ने आधार भेट्न नसक्दा उही बिन्दु वरपर देखिएको छ। चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि उही अवस्थामा तलमाथि भइरहेको हो। 

बुधबार २.६२ अंकले घटेर बजार १८९७.०८ बिन्दुमा झरेको छ। ८१ कम्पनीको सेयर मूल्य बढ्दा ७२ करोड ७८ लाख रुपैयाँको मात्र कारोबार भएको छ। गएको केही सातायताको तुलनामा मंगलबार र बुधबार कारोबार रकममा पनि ठूलो कमी आएको छ। 

साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको थियो। सोमबार १६.९७ अंकले बढेर बजार १९०२.२८ बिन्दुमा पुगेको बजारमा मंगलबार उही वृद्धि कायम रहन सकेन। मंगलबार २.५७ अंकले घटेर बजार १८९९.७० बिन्दुमा झरेको थियो। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend