बिहीबार , वैशाख १३ गते २०८१    
images
images

५० करोडको लगानीमा नवलपरासीमा अतुल्य स्टिल्स उद्योग

images
images
images
५० करोडको लगानीमा नवलपरासीमा अतुल्य स्टिल्स उद्योग
images
images

काठमाडौं- नवलपरासीमा ५० करोड रुपैयाँको लगानीमा डण्डी उद्योग खुल्ने भएको छ। नवलपरासीको विनयीपोखरी वडा नम्बर २ मा अतुल्य स्टिल्स उद्योग स्थापना हुन लागेको हो।

images
images
images

उद्योगबाट वार्षिक १ लाख मेट्रिक टन डण्डी उत्पादन गरिने लक्ष्य लिइएको छ। साथै उद्योगबाट वार्षिक स्टिलजन्य २ लाख ३५ हजार ४ सय मेट्रिक टन अन्य उत्पादनहरु उत्पादन गरिने उद्योग दर्ता विवरणमा उल्लेख छ।

images

उद्योगले १ सय २३ जनालाई रोजगारी दिने उल्लेख छ। शतप्रतिशत नेपाली लगानीमा व्यवसायी अभय शर्मालगायतले सञ्चालन गर्न लागेको उद्योगले ५ हजार केभीए विद्युत खपत गर्नेसमेत उल्लेख गरिएको छ।

images

images

प्रकाशित : बुधबार, मंसिर २८ २०७९०८:२४

प्रतिक्रिया दिनुहोस