शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अन्तरबैंक ब्याजदर ६ प्रतिशतमा झर्‍यो, तरलता समस्या समाधानको संकेत

बुधबार, मंसिर २८ २०७९
अन्तरबैंक ब्याजदर ६ प्रतिशतमा झर्‍यो, तरलता समस्या समाधानको संकेत

काठमाडौं- वित्तीय संस्थामा कुल निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। जसमध्ये वाणिज्य बैंकहरूको कुल निक्षेप ४६ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २ अर्ब रुपैयाँले बढेर २६ वाणिज्य बैंकहरूको कुल निक्षेप ४६ खर्ब पुगेको जनाएको हो।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तथा वित्तीय संस्थाको निक्षेप भने ५२ खर्ब २० पुगेको छ। तथ्यांक अनुसार बैंकहरूको निक्षेप १२२ अर्ब रुपैयाँले बढेको छ। यता बैंकहरूको कुल ऋण भने ४२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। चालु वर्ष जम्मा ४९ अर्ब रुपैयाँले मात्र ऋण प्रवाह भएको छ। 

पछिल्ला दिन निक्षेपमा आएको सुधारले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.३१ प्रतिशतमा झरेको छ। जुन राष्ट्र बैंकको तोकेको ९० को सिमा भन्दा तल हो। अन्तर बैंक सापटीको ब्याजदर ६.८६ प्रतिशतमा आएको छ। यसअघि अन्तर बैंक सापटी स्थायी तरलता सुविधा (एसएलएफ) ८.५ प्रतिशत सम्म पुगेको थियो।

नेपाल बैंकर्स संघ (एनबीए) को ३६औँ वार्षिक साधारणसभामा राष्ट्र बैंकका समेत गभर्नर महाप्रसाद अधिकारीले प्रणालीमा तरलता सहज हुुँदै गइरहेको बताउँदै अन्तर बैंक सापटीको दर ६ प्रतिशतमा आउनु सुखद भएको बताएका थिए।  

पछिल्लो एक सातामा बैंक तथा वित्तीय संस्थाहरूले ६ अर्ब ५१ करोड रुपैयाँमात्रै राष्ट्र बैंकबाट सापटी चलाएका छन्। राष्ट्र बैंकका अनुसार सोमबारसम्म बैंक तथा तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ। विभिन्न वित्तीय औजारको प्रयोग गरी राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ। तरलता कम भएमा रिपो जारी गरेर तरलता प्रभाव गरिन्छ भने अधिक भएमा रिभर्स रिपो जारी गरि तरलता प्रशोचन गरिन्छ। 

राष्ट्र बैंकले ऋणपत्रहरूमार्फत पनि तरलता व्यवस्थापन गर्दछ। यसबाहेक, व्याजदर करिडोर, सीसीडी रेसियो, अन्तरबैंक कारोबार लगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गर्दै आएको छ। 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend