शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

‘बेटिङ’ र ‘ग्याम्ब्लिङ’ नगर्न राष्ट्र बैंकको ताकेता, वालेट र बैंक खाता रोक्का गर्ने चेतावनी

बुधबार, मंसिर २८ २०७९
‘बेटिङ’ र ‘ग्याम्ब्लिङ’ नगर्न राष्ट्र बैंकको ताकेता, वालेट र बैंक खाता  रोक्का गर्ने चेतावनी

काठमाडौं-जारी विश्वकप फुटवलमा अनलाइन जुवा र बाजी बढेको सूचना पाएसँगै नेपाल राष्ट्र बैंक आक्रामक भएको छ। राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजी लगायतका गैरकानूनी कार्यमा संलग्न नहुन आग्रह गरेको छ।

राष्ट्र बैंकले अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजी लगायतका गैरकानूनी कार्यहरुमा संलग्न नहुन आग्रह गरेको हो।

जुवा तथा बाजीजन्य कार्यहरु गैरकानूनी रहेको भन्दै राष्ट्र बैंकले यस्तो प्रकृतिको कारोबार कोही कसैबाट पनि नगर्न नगराउनु राष्ट्र बैंकले सूचित गरेको हो। विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजीलगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति र समुह र संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिने चेतावनी राष्ट्र बैंकले दिएको छ।

राष्ट्र बैंकबाट इजाजत र अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजी लगायतका कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ।
 


प्रकाशित : बुधबार, मंसिर २८ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend