सोमबार, वैशाख २४ गते २०८१    
images
images

जनप्रतिनिधिको दबाबपछि बुटवल-नारायणगढ र हुलाकी सडक निर्माणमा वर्षौंपछि ‘ब्रेकथ्रु’

images
images
images
जनप्रतिनिधिको दबाबपछि बुटवल-नारायणगढ र हुलाकी सडक निर्माणमा वर्षौंपछि ‘ब्रेकथ्रु’
images
images

काठमाडौं- जनप्रतिनिधि र सरकारको व्यापक दबाबपछि बल्ल बुटवल-नारायणगढ सडकखण्डमा चिनियाँ ठेकेदार कम्पनीले काममा तीव्रता दिएको छ।

images
images
images

एकवर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निमार्णलाई तीव्रता दिइरहेको छ। म्याद सकिँदा १८ प्रतिशतमात्रै काम सम्पन्न भएकोमा तीन महिनाकै बीचमा २०.३३ प्रतिशत काम सकिएको छ। आयोजनाको पूर्वी खण्डमा दैनिक एक हजार दुई सय कामदारले काम गरिरहेका छन्।

images

चुनावअघिसम्म बुटवल-नारायणगढ सडकखण्डको कामले गति लिएको छ। सडक विभागले ठेकेदार कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिँदा पनि चासो नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै चासो दिएर चिनियाँ ठेकेदार कम्पनीलाई दबाब दिएका थिए। जसमा नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीले चासो दिएका थिए।

images

Mercedes Vision EQXX.jpg

images
images

प्राधानमन्त्री देउवाको उक्त्र दबादपछि ठेकेदार कम्पनीले निर्माणको कामलाई गति दिएको थियो। चुनावअघि नवलपरासी र नवलपुरका नेताहरूले प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए। नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेसतर्फबाट सांसद निर्वाचित विनोद चौधरीले प्रधानमन्त्री र ठेकेदार कम्पनीलाई दबाब दिएका थिए। ‘हामीले आयोजनाको गति दिनका लागि धेरै दबाब दिएपछि अहिले काम अगाडि बढेको छ,’ चौधरीले भने। 

‘प्रधानमन्त्रीकै दबाबपछि एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता पछि ठेक्का नतोडिएको हो,’ चौधरीले भने। यो सडकखण्डको विस्तारका लागि बनाइएको दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो।

पछिल्लो समय १२ वटा ठूला पुलमध्ये १२ मा  निर्माणको काम भइरहेको छ।  २२ साना पुलमध्ये १३ मा काम सकिएको छ।  गैँडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज-१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज-२ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ। विस्तार भइरहेको सडकको कुल लम्बाइ एक सय १३ किलोमिटर छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल  १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ। लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ। एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।

बयालीस महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि विसं २०७५ माघमा  सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशनबीच सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०७९ साउन २२ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।

तोकिएको समयमा काम सम्पन्न नभएपछि सरकारले गत साउनको २३ गतेदेखि लागू हुने गरी तीन-तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्याङ्कन गरिने र प्रगति त्रैमासिकरूपममा कम्तीमा १० प्रतिशत हुनुपर्ने शर्तसहित तीन सय ८६ दिनका लागि आयोजनाको म्याद थपिएको छ।

हुलाकी सडक खण्डको पनि गति

पछिल्लो समय लामो समयदेखि रोकिएको हुलाकी सडकखण्डको नवलपरासी क्षेत्रको सडकले पनि गति लिएको छ। नेपालको पूर्व पश्चिम हुँदै तराई क्षेत्रमा यातायात पूर्वाधार खडा गरि हुलाकी लोकमार्ग पूर्वमा झापा किचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू-भागलाई जोड़ने छ। ‘हामीले परासी क्षेत्रको ठेकेदारलाई अहिले ताकेता गराएपछि ठेकेदारले बल्ल काममा तिव्रता दिएको छ,’ चौधरीले भने। 

यसयोजना सडक विभाग, हुलाकी राजमार्ग निर्देशानलय अन्तर्गत रहेको छ र ७ वटा योजना कार्यालयमार्फत सडक निर्माण तथा स्तरोन्नति गर्ने कार्य भइरहेको छ। २०७५/७६ मा यस योजना कार्यालय स्थापना भएको हुलाकी राजमार्ग योजना कार्यालय अन्तर्गत नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला भित्र सडक स्तरोन्नती कार्यहरु सुरु भएका छन्।

Mercedes Vision EQXX.jpg

नवलपरासीमा खोला-नवलपरासी पश्चिम मौना खोला भैरहवाकोटी कोटी वस्तु जम्मा ६४.५ किमी सडक रहेको छ। नवलपरासीको परासी नारायणचोक-गोपिगंज-विवेणी (पुर्व पश्चिम) तथा कठहना-बेलाटारी (उत्तर दक्षिण) जम्मा ३७.१७ किमी कपिलवस्तु जिल्लाको कोठी-तौलिहवा-बहादुरगंज- तुरुन्तपुर पुर्वपश्चिम र जितपुर-तौलिहवा तथा खरेन्द्रपुर सडक खण्डको समेत अहिले काम भइरहेको नवलपरासी जिल्लाका कांग्रेस नेता चन्द्र ढकालले बताए।

‘अहिले नवलपरासीका सबै आयोजनाको काममा गति पाएको छ,’ ढकालले भने। सितलापुर-भिल्मी (उत्तर दक्षिण) गरि ९० किमी लम्बाई रहेको छ। परासी चोक देखि नारायण चोक खण्ड र जितपुर तौलिहवा खण्डस्तरको कालोपत्रे रहेको छ। 

तुरुन्तपुर देखि कल्याणकोट सम्म ठेक्कापट्टा हुन बाँकी रहेको र स्वीकृतीको चरण रहेको छ। चितवनको जगतपुर देखि त्रिवेणी सम्म राष्ट्रिय निकुञ्जको कारण सडक रेखांकन तय हुन नसकेको कामलाई पनि समन्वय गर्ने काम भइरहेको ढकालले बताए।

यस सडक खण्डमा पर्ने पुराहरु डिभिजन सडक मार्फत निर्माण भएको तर तिनाउ खोला रोडा पुलको पुरानो ठेका अन्त्य गरी पुनः ठेका पट्टा सम्पन्न भइ निर्माण कार्य सुरु भएको छ। यस योजनाअन्तर्गत हालसम्म दुईवटा पुल निर्माण सम्पन्न भएको र चारवटा पुलको निर्माणाधीन रहेको छ। 

images

प्रकाशित : बुधबार, मंसिर २८ २०७९०३:४२

प्रतिक्रिया दिनुहोस