शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आईएमई पे को सीईओमा प्रवीण रेग्मी 

मंगलबार, मंसिर २७ २०७९
आईएमई पे को सीईओमा प्रवीण रेग्मी 

रेग्मीलाई  कम्पनीका अध्यक्ष एवम्  समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका थिए। 

काठमाडौं-  आईएमई समूह अन्तर्गतको आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन्। 

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्‍नातक तथा बिजनेश एड्मिनिस्ट्रेसनमा स्‍नाकोत्तर गरेका  रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ।

पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक तालिम प्राप्त लिएका छन्। 

रेग्मीलाई  कम्पनीका अध्यक्ष एवम्  समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका थिए। 

स्वागत गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त  गरेका छन्। 


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend