आइतबार, भदौ २३ गते २०८१    
images
images

दसैँअघि सेयर बजार राताम्मे, कात्तिकमा ब्याजदर बढ्ने संकेतले सेयर बजार झन तल झर्‍यो

images
सोमबार, असोज २५ २०७८
images
images
दसैँअघि सेयर बजार राताम्मे, कात्तिकमा ब्याजदर बढ्ने संकेतले सेयर बजार झन तल झर्‍यो

दसैं अगाडि सेयर बजार राताम्मे भएको छ। अधिकांस कम्पनीको सेयर मूल्यमा भारी गिरावट देखिएको छ। दसैं पछि व्याजदर बढ्ने भएकाले बजार थप घट्ने आकलन सहित यस साता सेयर किन्ने भन्दा पनि बिक्री गरेर बाहिरिने बढेका छन्।

images
images

काठमाडौं- दसैँअगाडि सेयर बजार राताम्मे भएको छ। अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट देखिएको छ। दसैँपछि ब्याजदर बढ्ने भएकाले बजार थप घट्ने आँकलनसहित यस साता सेयर किन्ने भन्दा पनि बिक्री गरेर बाहिरिने बढेका छन्।

images
images
images

दसैँ बिदापछि असोज ३१ गते सेयर बजार खुल्ने छ। यस दिन बैंक वित्तीय संस्थाले कात्तिक महिनाका लागि ब्याजदर बढाएर सार्वजनिक गर्नेछन्। अधिकांश बैंकहरूले आजै उक्त ब्याजदर निर्धारण गरिसकेका छन्। उक्त ब्याजदर असार ३१ गते मात्रै सार्वजनिक हुनेछ तर बैंक वित्तीय संस्थाका कर्मचारीहरूले कात्तिकमा ब्याजदर बढ्ने सूचना प्रवाह गरिसकेका छन्। यहि सूचनाले हिजो र आज सेयर बजार घट्यो । 

ब्याजदरका कारणले गर्दा मन्त्रिपरिषद विस्तार हुँदा पनि सेयर बजार सुधार हुन सकेन। कात्तिक महिनामा बैंक वित्तीय संस्थाले निक्षेप तथा कर्जा दुबैको ब्याजदर बढाउने अनुमान गरिएको छ।

ब्याजदर बढाउनु भनेको बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभावको संकेत हो। कात्तिक महिनामा तरलता सुधार हुने देखिँदैन। विगत तीन चार दिनमा बैंकिङ प्रणालीबाट अर्बौं रुपैयाँ बाहिरिएको छ। कतिपय बैंकका शाखा कार्यालयमा विथड्रल गर्ने रकमसमेत अभाव भएको छ।

images

दसैँका लागि खर्च झिक्ने क्रममा बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको हो। निक्षेपकर्ताको खाताबाट रकम बाहिरिए पनि व्यवसायी तथा व्यापारीमार्फत उक्त रकम पुनः बैंकिङ प्रणालीमा फर्किने भएकाले यो दीर्घकालीन समस्या होइन। तर यसले केही हदसम्म बैंकहरूलाई व्यवस्थापन गर्न भने गाह्रो भएको छ। प्रायः कात्तिक महिनामा सेयर बजार घट्ने गरेको पाइन्छ। तर यस पटक अलि फरक देखिन सक्छ। 

कात्तिकमा लाभांश घोषणा गर्न बाँकी बैंक वित्तीय संस्था तथा कम्पनीहरूले लाभांश घोषणा गर्ने छन्। यसले गर्दा केही हदसम्म बजार सुधार हुन सक्ने देखिन्छ। त्यस्तै कात्तिकमा सूचीकृत कम्पनीहरूले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने छन्। पहिलो त्रैमासिक किस्ता तथा व्याज भुक्तानी भइसकेको हुँदा सेयर बजारमा सप्लाइ भन्दा माग बढी हुन्छ। 

दसैँको समयमा मुनाफा आर्जन गरेका व्यवसायीहरूले पनि केही रकम सेयर बजारमा ल्याउँछन्। ब्याजदर एउटा नकारात्मक पक्ष रहेता पनि अन्य पक्ष भने सकारात्मक छन्। कात्तिक पहिलो साता ब्याजदरको ह्याङओभरले बजार तल झरे पनि कात्तिक पहिलो सातापछि सस्तो मूल्यमा सेयर खरिद गर्न पुनः ठूला लगानीकर्ता बजार प्रवेश गर्न थाल्ने छन्। 

ब्रोकरहरूले पनि असोज ३१ गतेसम्म कसैलाई पनि सेयर खरिद नगर्न भन्दै आएका छन्। उनीहरूले आफ्ना नजिकका ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत अहिले सेयर खरिद नगर्नु भन्दै जानकारी दिने गरेका छन्। अहिलेको बजार गिरावटमा सबैभन्दा ठूलो हात ब्रोकर कार्यालयहरूको रहेको छ। 

उनीहरूले छरिएका लगानीकर्ताहरूलाई बजार नबढ्ने भन्दै सूचना प्रवाह गरिरहेका छन्। यसले गर्दा बजार सुधारभन्दा पनि घट्ने क्रम बढिरहेको छ।

उनीहरूले भनेजस्तै अहिले कसैले पनि ठूलो लगानी गरेका छैनन्। यदि ब्रोकरको योजनाअनुसार अगाडि बढ्यो भने कात्तिक दोस्रो साताबाट बजार सुधार हुन थाल्ने छ। त्यतिबेला सूचीकृत कम्पनीको वित्तीय विवरणले सबैभन्दा धेरै प्रभाव पार्ने छ। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend