शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

शुभम पावरले आईपीओ निष्कासन गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २७ २०७९
शुभम पावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं- शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओको बिक्री खुला गर्ने भएको हो। 

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।
 
निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम पाँच हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 
 
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend