शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एशियन हाइड्रोपावरको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २७ २०७९
एशियन हाइड्रोपावरको आईपीओ खुला, वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन?

काठमाडौं- एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा चार लाख २४ हजार कित्ता सेयर प्राथमिक सेयर  निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी ३४ करोडको १० प्रतिशतले हुन आउने तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ। 

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने सेयरमध्ये ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्याेदय नगरपालिका–११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता सेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ।  

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। 

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। निष्कासन गरिने सेयरमा स्थानीयले प्राइम कमर्सियल, ग्लोबल आईएमइ, एनएमबि, सिभिल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् सेयर खरिदका आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेकाले कसरी दिने आवेदन?

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् तथा ‘मेरो सेयर’मार्फत् सेयर खरिदको आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत् ‘मेरो सेयर’ प्रयोग गरी सेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ।  

एशियन हाइड्रोपावरलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी बिबी आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले इलामको माईजोगमाई गाउँपालिका र ईलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०६:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend