शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने

मंगलबार, मंसिर २७ २०७९
वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने

काठमाडौं- वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने भएका छन्। व्यवसायी र बैंकर्सबीच ब्याजदर घटाउने/बढाउने रस्साकस्सी चलिरहेका बेला नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। संघले कात्तिकमा बढेको ब्याजदर नै पुसमा पनि स्थिर राख्ने निर्णय गरेको हो।

मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरूले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरूलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। मंसिर महिनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend