शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने

images
मंगलबार, मंसिर २७ २०७९
images
वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले पुस महिनामा पनि ब्याजदर नघटाउने भएका छन्। व्यवसायी र बैंकर्सबीच ब्याजदर घटाउने/बढाउने रस्साकस्सी चलिरहेका बेला नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ। संघले कात्तिकमा बढेको ब्याजदर नै पुसमा पनि स्थिर राख्ने निर्णय गरेको हो।

images
images
images

मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए।

images
images

मंसिरमा विकास बैंक तथा फाइनान्सहरूले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरूलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। मंसिर महिनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

images
images


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend