शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

माथिल्लो तामाकोसीले सेयरधनीलाई शतप्रतिशत हकप्रद दिने, दोस्रो बजारमा कस्तो प्रभाव पर्ला?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २७ २०७९
माथिल्लो तामाकोसीले सेयरधनीलाई शतप्रतिशत हकप्रद दिने, दोस्रो बजारमा कस्तो प्रभाव पर्ला?

काठमाडौं- माथिल्लो तामाकोसीले हकप्रद सेयर जारी गर्ने भएको छ। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले १ः१ अनुपातका दरले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले हकप्रद  बाँडफाँड गर्न सोमबार नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई सह–बिक्री प्रबन्धकमा चयन गरेको छ। कम्पनीले आफ्नो सेयरधनीलाई हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक चयन गरेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख  कित्ता सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धक तोकिएको हो।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी ५ र अन्य  आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ। हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ। कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ।

tamakoshi.JPG

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुईरदुई प्रतिशत सेयर रहेको छ। यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रूपैयाँ छ। हकप्रद निष्कासनपश्चात चुक्ता पुँजी २० अर्ब ५८ करोड रूपैयाँ पुग्नेछ। अहिले माथिल्लो तामाकोसीको सेयर मूल्य ३७२ रुपैयाँ रहेको छ।

tasmako.JPG

तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ। चुक्त पुँजी धेरै साथै सेयर कित्ता धेरै भएपछि सेयर मूल्य भने घट्ने देखिन्छ। अहिले पनि कम्पनी खासै नाफामा जान सकेको छैन। आयोजनाको लागतनै महंगो परेकोले सेयरधनीलाई अझै पनि लाभांश दिन सकेको छैन। 


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०१:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend