शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

२६ वाणिज्य बैंकमध्ये १७ बैंकको लाभांश प्रस्ताव, कुनको कति?

मंगलबार, मंसिर २७ २०७९
२६ वाणिज्य बैंकमध्ये १७ बैंकको लाभांश प्रस्ताव, कुनको कति?

सबैभन्दा धेरै नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ। लक्ष्मी र सनराइज बैंकले भने यो वर्ष लाभांश नदिने घोषणा गरेका छन्। त्यस्तै एनआईसी एसिया, हिमालयन, एनएमबि बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल बैंक, माछापुच्छ्रे, सिभिल बैंकले घोषणा गर्न बाँकी छ। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन। 

काठमाडौं- वाणिज्य बैंकहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्। २६ वाणिज्य बैंकहरूमध्ये १७ बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन्। 

घोषणा गरेका १७ बैंकहरूले ५ प्रतिशत ३० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। बाँकी रहेका बैंकहरू मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गर्ने अनुमान गरिएको छ। सबैभन्दा धेरै नबिल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ। लक्ष्मी र सनराइज बैंकले भने यो वर्ष लाभांश नदिने घोषणा गरेका छन्।

नबिल, सिद्धार्थ, बैंक अफ काठमाण्डू, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, कुमारी, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नेपाल एसबीआई, सिटिजन्स, प्रभु, मेगा र सेञ्चुरी बैंकले लाभांश घोषणा गरिसकेका छन्।

त्यस्तै एनआईसी एसिया, हिमालयन, एनएमबि बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल बैंक, माछापुच्छ्रे, सिभिल बैंकले घोषणा गर्न बाँकी छ। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचिकृत छैन। 

नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ। २५ मंसिर आइतबार बसेको बैंक सञ्चालक समतिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंक अफ काठमाण्डूले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरि २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ। एभरेष्टले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरेर २०.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश घोषणा गरेको  ग्लोबल आईएमईले ४ प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगदगरी १३.६० प्रतिशत लाभांश घोषणा गरेको छ। कुमारीले १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।   

एनसीसी बैंकले ३.३७ प्रतिशत बोनस सेय र ७.६८ प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ। नेपाल इन्भेष्टमेन्टले ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगदगरी ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगदगरी १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ।  

नेपाल एसबीआई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगदगरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सिटिजन्सले ९ प्रतिशत नगद लाभांश दिँदैछ। प्रभुले  ६.५० प्रतिशत बोनस सेयर र १.५० नगदगरी ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

मेगाले ५ प्रतिशत बोनस सेयर र ३.३८ प्रतिशत नगदगरी ७.८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। त्यस्तै सेञ्चुरी बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगदगरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


प्रकाशित : मंगलबार, मंसिर २७ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend