शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गतसातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

सोमबार, मंसिर २६ २०७९
गतसातादेखि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं- गतसातादेखि निरन्तर ओरालोमा देखिएको सेयर बजार सोमबारको कारोबार थामिँदै दोहोरो अंकको वृद्धि भएको छ। चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि उतारचढावमा रहँदा सोमबार वृद्धि देखिएको हो।

सोमबार १६.९७ अंकले बढेर बजार १९०२.२८ बिन्दुमा पुगेको छ। जहाँ १५८ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ। 

साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको थियो। गएको साता पनि आइतबार २.१६ को झिनो अंकले बढेको बजार साताभर ओरालो लागेको थियो। सोमबार २४.४६ अंकले र मंगलबार ४.८७ अंकले घटेको बजार बुधबार १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा झरेको थियो।

लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। जसका कारण उतारचढावमा रहेको बजार निरन्तर ओरालोतिर देखिएको छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend