शनिबार, वैशाख १५ गते २०८१    
images
images

चौधरी समूहले किन्यो युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

images
images
images
चौधरी समूहले किन्यो युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर

युनियन बैंक अफ कोलम्बो (यूबीसी)को ७६ करोड ८० लाख कित्ता अर्थात् ७०.८४ प्रतिशत सेयर चौधरी समूहले खरिद गरेको सार्वजनिक भएको छ। 

images
images

काठमाडौं- नेपालको चौधरी समूह अन्तर्गतको एउटा कम्पनीले श्रीलंकन बैंकको सेयर खरिद गरेको छ। 

images
images
images

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद तथा उद्योगी विनोद चौधरी अध्यक्ष रहेको समूह अन्तर्गतको कम्पनीले श्रीलंकामा रहेको युनियन बैंक अफ कोलम्बोको ७१ प्रतिशत सेयर खरिद गरेको हो। 

images

श्रीलंकाको आठौँ ठूलो बैंकको सेयर चौधरी समूहले खरिद गरेको हो। युनियन बैंक अफ कोलम्बो (यूबीसी)को ७६ करोड ८० लाख कित्ता अर्थात् ७०.८४ प्रतिशत सेयर चौधरी समूहले खरिद गरेको सार्वजनिक भएको छ। 

images

गत डिसेम्बर १ मा कोलम्बो स्टक एक्सचेन्जका प्रमुख नियामकीय अधिकृतलाई युनियन बैंक अफ कोलम्बोको सेयर खरिदबारे जानकारी दिइएको थियो। कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको एक्लो माउ कम्पनी टीपीजी एसिया एसएफ प्रालिले सो निर्णय गरेको हो। टिपीजी एसिया एसएफ प्रालि सिंगापुरस्थित एसेट म्यानेजमेन्ट कम्पनी हो।

images
images

बैंकको सेयर सदस्य कल्चर फाइनान्सियल होल्डिंग्स र अर्को सेयर सदस्य टीपीजी एसिया भीआई एसएफ प्रालि सेयर बिक्री तथा खरिद सम्झौतामा जोडिएको र आफ्नो सबै सेयर सीजी क्यापिटल पार्टनर्स ग्लोबल प्रालिलाई बिक्री गर्ने सम्झौता गत नोभेम्बर ३० मा भएको हो।

बैंक कोलम्बो स्टक एक्सचेन्जमा पनि सूचीकृत छ।  २०२२ को तेस्रो त्रैमासको तथ्यांकअनुसार बैंकको चुक्ता १६ अर्ब ३३ करोड ४७ लाख ८२ हजार श्रीलंकन रुपैयाँ छ। कुल एक अर्ब ८ करोड ३५ लाख कित्ता सेयर सूचीकृत छ।

colombo.JPG

 

images

प्रकाशित : सोमबार, मंसिर २६ २०७९०८:३१

प्रतिक्रिया दिनुहोस