बिहीबार , मंसिर १३ गते २०८१    
images
images

एकैपटक ५ सय जहाज अर्डर गर्दै एयर इन्डिया 

images
सोमबार, मंसिर २६ २०७९
images
images
एकैपटक ५ सय जहाज अर्डर गर्दै एयर इन्डिया 

टाटा समूह अन्तर्गतको एयर इन्डियाले भिस्तारा एयरसँग मर्जरको अन्तिम तयारी गरिरहेको छ।

images
images

काठमाडौं- सरकारी स्वामित्वबाट टाटा समूहले  खरिद गरेपछि एयर इन्डियाले सेवा विस्तारलाई तीव्रता दिने भएको छ। 

images
images
images

एयर इन्डियाले ठूलो संख्यामा जहाज अर्डरको तयारी गरिरहेको छ। समाचार संस्था रोयटर्सले प्रकाशित गरेको समाचार अनुसार एयर इन्डियाले एकैपटक ५ सय जहाज खरिदको तयारी गरेको छ। 

images

एयर इन्डियाले ४ सय न्यारोबडी तथा एक सय वाइडबडी जहाज खरिदको तयारी गरेको छ। कम्पनीले एयरबस तथा बोइङका जहाज खरिद गर्ने तयारी गरेको हो। 

images

समाचार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले खरिद डिलको घोषणाको अन्तिम तयारी भइरहेको समाचारमा उल्लेख गरेको छ।

टाटा समूह अन्तर्गतको एयर इन्डियाले भिस्तारा एयरसँग मर्जरको अन्तिम तयारी गरिरहेको छ। नयाँ जहाज खरिद तथा मर्जरपछि बिशाल उडान सञ्जाल भएको एयरलाइन्स हुनेछ। 

एक वर्षअघि टाटा समूहले भारत सरकारसँग १ खर्ब ८० अर्ब भारुमा एयर इन्डिया खरिद गरेको थियो। 

पछिल्लो दुई वर्षदेखि भारत सरकारले बिक्री गर्न खोजेपनि सफल भएको थिएन। सरकारले खरिद गर्नेलाई अफर नै प्रस्ताव गरेको थियो। 
भारत सरकारले एयर इन्डियाको शतप्रतिशत र एयर इन्डिया एसेट्सको ५० प्रतिशत सेयर बिक्री गर्नका लागि खुला प्रस्ताव आव्हान गरेको थियो। एयरलाइन्स खरिदका लागि भारतीय बहुराष्ट्रिय व्यापारिक समूह टाटा सन्सले हालेको प्रस्ताव स्वीकृत भएको थियो। 

व्यावसायिक रुपमा खराब प्रदर्शन गर्दै आएपछि सरकारले २००० मै एयर इन्डिया बिक्रीको प्रयास गरेको थियो। त्यतिबेला बिक्रिका लागि प्रस्ताव गरेपनि सफल भएको थिएन। 

ठूलो ऋणमा डुबेको एयरलाइन्स खरिद गर्नेले पुरै ऋण तिर्नुपर्ने छैन। ६ खर्ब भारु कुल ऋण रहेको एयरलाइन्स खरिद गर्नेले २ खर्ब ऋणको दायित्व बोक्नुपर्ने बाँकी ऋण दायित्व एयर इन्डिया एसेट होल्डिङमा सरेको छ। 

टाटा समूहको हातमा एयर इन्डिया पहिलोपटक जान लागेको होइन। एयर इन्डियाको घर फिर्तीका रुपमा भारतीय सञ्चारमाध्यमले व्याख्या गरेका छन्। एयर इन्डियाको स्थापना नै टाटा समूहले गरेको थियो। १९३२ मा जेआरडी टाटाले यसको स्थापना गरेका थिए। आफै पाइलट रहेका टाटाले यसको नाम टाटा एयर सर्भिस राखेका थिए। 

दोस्रो विश्वयुद्ध सुरु भएपछि एयरलाइन्स बन्द भएको थियो। त्यसपछि १९४६ मा सेवा सुरु भएपछि सरकारले सेयर खरिद गरी नाम परिवर्तन गरिदिएको थियो। त्यतिबेला नै यसको नाम एयर इन्डिया भएको थियो। १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो। 

भिस्तारा एयरलाइन्सबाट अहिले फेरि नागरिक उड्डयनमा हात हालेको टाटाले एयर इन्डिया लिएपछि कसरी व्यवसाय अघि बढाउँछ त्यसका बारेमा कुनै जानकारी बाहिर आएको छैन।


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend