शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

संसारभर वाइडबडी जहाजले अझै पाएनन् व्यापार

images
सोमबार, असोज २५ २०७८
images
संसारभर वाइडबडी जहाजले अझै पाएनन् व्यापार

वाइडबडी उडानमात्र रोकिएको छैन। संसारका ठूला एयरलाइन्सहरुले यसअघि नै अर्डर गरेका वाइडबडी जहाजको डेलिभरी पनि रोकेका छन्।

images
images

काठमाडौं- पछिल्लो तीन वर्षदेखि संसारभरका एयरलाइन्सहरूले एकैपटक एउटै समस्या भोगिरहेका छन्। यात्रामा प्रतिबन्ध लागेपछि एयरलाइन्सले व्यापार पाइरहेका छैनन्। 

images
images
images

कोरोना महामारी सुरु भएदेखि नै एयरलाइन्स उद्योगले अर्बौं डलर गुमाइसकेको छ। सामान्य अवस्थामा पनि जोखिमपूर्ण मानिने यो उद्योगले पछिल्ला तीन वर्षमा खराब समय बेहोरेको छ। 

images
images

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)ले  गरेको प्रक्षेपन अनुसार सन् २०२० मा एयरलाइन्स उद्योगले १३७ अर्ब अमेरिकी डलर गुमाएको थियो। सन् २०२१ मा यो क्षेत्रले ५१ अर्ब डलर गुमाउने प्रक्षेपन गरेको आयटाले सन् २०२२ मा ११ अर्ब अमेरिकी डलर गुमाउने प्रक्षेपण गरेको छ। 

images
images

कोरोना महामारीले गर्दा लागेको यात्रा प्रतिबन्ध र महामारी फैलिने डरले यात्रुको संख्यामा गिरावट आएको छ। यो वर्ष पनि सन् २०२१ को तुलनामा ४० प्रतिशतमात्र यात्रुले यात्रा गर्ने आयटाको अनुमान छ। सन् २०२२ मा ६० प्रतिशत पुग्ने उसले अनुमान गरेको थियो। 

यात्रुको संख्यामा खासै वृद्धि नहुँदा र त्यसमा पनि लामो दुरीमा यात्रा गर्नेहरुको संख्या न्यून हुँदा एयरलाइन्सहरूले महँगो मूल्यमा खरिद गरेका वाइडबडी जहाज ग्राउन्डेड भएका छन्। 

संसारभर उडान सञ्जाल भएका, ठूलो संरचना तथा उन्नत व्यापारिक योजना भएका एयरलाइन्सहरूले पनि अहिलेको समयमा वाइडबडी जहाज उडान सकेका छैनन्। 

क्षेत्रीय तथा छोटो दूरीमा न्यारोबडी जहाज उडाइरहेका एयरलाइन्सहरूको लागि वाइडबडी जहाज उडाउनेगरी यात्रु माग नबढ्दा अर्को टाउको दुखाई बनेको छ। 

युएईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले एयरबसका ए३८० जहाजमध्ये एक तिहाई पनि उडाएको छैन। ११९ वटा सुपरजम्बो जेट भएको इमिरेट्सले हाल ३० वटामात्र उडाएको छ।

इमिरेट्समात्र होइन सयुक्त अधिराज्यको भर्जिन एट्लान्टिकले ६० प्रतिशतमात्र वाइडबडी जहाज सञ्चालनमा ल्याएको छ। त्यस्तै थाइ एयरवेजले ५० प्रतिशत वाइडबडी जहाज ग्राउन्डेड गरेको छ। 

मलेसियाको एयर एसिया एक्सले एयरबस ए३३० जहाजमध्ये ९० प्रतिशत जहाज उडाएको छैन। 

वाइडबडी जहाज उडानका लागि यात्रुको माग धेरै हुनुपर्छ। जुन अहिले माग सिर्जना भएको छैन। घाटा खाएर एयरलाइन्सहरूले उडान गर्न सकेका छैनन्। संसारभर यो समस्या रहेको सिएच एभिएसनले उल्लेख गरेको छ। 

कोरोना महामारीका कारण लागेको यात्रा प्रतिबन्ध संसारभर खुकुलो हुँदै गएपनि अहिलेसम्म यात्रुको माग बढ्न सकेको छैन। अथवा भनौं त्यति बढ्न सकेको छैन जति वाइडबडी व्यापार पाउँछन्। 

वाइडबडी उडानमात्र रोकिएको छैन। संसारका ठूला एयरलाइन्सहरुले यसअघि नै अर्डर गरेका वाइडबडी जहाजको डेलिभरी पनि रोकेका छन्। त्यस्ता एयरलाइन्सहरूले तत्काल वाइडबडी भन्दा पनि न्यारोबडी डेलिभरीलाई प्राथमिकता दिन थालेका छन्। 

अष्ट्रेलियाको क्वान्टास एयरले महामारीअघि नै अर्डर गरेका एयरबसका वाइडबडी जहाजको डेलिभरी रोकेर राखेको  छ। तर उसले त्यो भन्दा छिटो न्यरोवडी जहाजको डेलिभरी माग गरिसकेको छ। 

दुईवटा वाइडबडी जहाज भएको नेपालको नेपाल एयरलाइन्सले  क्षमताअनुसारको उडान अझै पाएको छैन। 


प्रकाशित : सोमबार, असोज २५ २०७८०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend