शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल बैंकर्स संघको सदस्यमा एभरेष्ट बैंकका सीईओ खालिङ चयन

सोमबार, मंसिर २६ २०७९
नेपाल बैंकर्स संघको सदस्यमा एभरेष्ट बैंकका सीईओ खालिङ चयन

मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि एक सदस्य रिक्त थियो। सोही स्थानमा घिसिङलाई चयन गरिएको हो। 

काठमाडौं-नेपाल बैंकर्स संघको कार्य समिति सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ चयन भएका छन्। संघको साधारणसभा सोमबार हुँने भएकोले खालिङलाई सदस्यमा चयन गरिएको हो। 

मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि एक सदस्य रिक्त थियो। सोही स्थानमा घिसिङलाई चयन गरिएको हो। 

सदस्यका रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपकुमार देले निरन्तरता पाउने छन्। 

संघको विधानले सदस्यले एक कार्यकाल दोहोर्याउन पाउने व्यवस्था गरेको छ। अन्य सदस्यको कार्यकाल बाँकी भए पनि कोइराला र देको भने एक कार्यकाल पुरा भइसकेको छ।


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend