शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

बीएमडब्लूको पहिलो विद्युतीय स्कुटर : यस्तो छ विशेषता र रेन्ज

images
सोमबार, मंसिर २६ २०७९
images
बीएमडब्लूको पहिलो विद्युतीय स्कुटर : यस्तो छ विशेषता र रेन्ज

यो स्कुटरले एक पटकको फुल चार्जमा १ सय ३० किलोमिटर रेन्ज र १ सय २० किलोमिटरको उच्च गति तय गर्ने दाबी बीएमडब्लूले गरेको छ।

images
images

काठमाडौं- जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूले भारतीय बजारमा विभिन्न मोडलका सवारीको कन्सेप्ट सार्वजनिक गरेको छ। सोही क्रममा कम्पनीले आफ्नो पहिलो विद्युतीय स्कुटरको कन्सेप्ट समेत सार्वजनिक गरेको हो। 

images
images
images

बीएमडब्लू ग्रुपअन्तर्गत सार्वजनिक भएका ५ नयाँ सवारीको कन्सेप्टमध्ये विद्युतीय स्कुटर पनि एक हो। बीएमडब्लूको पहिलो विद्युतीय स्कुृटरको नाम सीई ०४ रहेको छ। 

images
images

अत्याधुनिक विशेषताले भरिएको यो विद्युतीय स्कुटरमा ८.९ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक हुनेछ। सो ब्याट्रीले १३ केडब्लू (४२ एचपी) पावर दिनेछ भने यो स्कुटरलाई शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति तय गर्न जम्मका २.६ सेकेन्ड लाग्छ। 

images
images

यो स्कुटरले एक पटकको फुल चार्जमा १ सय ३० किलोमिटर रेन्ज र १ सय २० किलोमिटरको उच्च गति तय गर्ने दाबी बीएमडब्लूले गरेको छ। त्यस्तै बीएमडब्लूको विद्युतीय स्कुटर शून्यदेखि १ सय प्रतिशत चार्ज हुन २.३ केडब्लू चार्जरबाट ४ घण्टा २० मिनेटमा फुल चार्ज हुनेछ। यता ६.९ केडब्लू फास्ट चार्जरबाट भने १ घण्टा ४० मिनेटमै फुल चार्ज गर्न सकिनेछ। 

यो स्कुटरमा इको, रोड र रेन गरि तीन मोडमा चलाउन सकिने छ भने ट्र्याक्सन कन्ट्रोल सिस्टम समेत उपलब्ध हुनेछ। स्मार्टफोन कनेक्सन गर्नसकिने गरि १०.२५ इन्च टीएफटी टचस्क्रिन रहेको छ। 

बीएमडब्लूले यो स्कुटर जेएलएन स्टेडिएममा भएको जोयटाउन कार्यक्रममा सोकेस गरेको हो। यो कार्यक्रम १० र ११ डिसेम्बरमा नयाँ दिल्लीमा भएको हो। बीएमडब्लूले उक्त विद्युतीय स्कुटर कहिलेबाट बिक्रीका लागि ल्याउने भन्ने खुलाएको छैन। 

बीएमडब्लूका मोटरसाइकल युवामाझ लोकप्रिय रहेको छ। नेपाली बाजरमा पनि बीएमडब्लूका मोटरसाइकल बिक्री हुँदै आएको छ। भारतमा बिक्रीका लागि सार्वजनिक भएमा बीएमडब्लूको विद्युतीय स्कुटर नेपाली बजारमा समेत आउनेछ।  


प्रकाशित : सोमबार, मंसिर २६ २०७९०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend