शनिबार, असोज ५ गते २०८१    
images
images

निरन्तर ओरालोमा सेयर बजार, सरकार गठनको अन्योलले पुन: १८०० तिर

images
आइतबार, मंसिर २५ २०७९
images
images
निरन्तर ओरालोमा सेयर बजार, सरकार गठनको अन्योलले पुन: १८०० तिर
images
images

काठमाडौं- चुनावपछि पनि विश्वासयोग्य वातावरण नदेखिएको सेयर बजार फेरि पनि १८०० कै बिन्दुतर्फ झरेको छ। लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिएको छ। कारोबारको पहिलो दिन नै बजारमा देखिएको ठूलो गिरावटपछि घट‍्दो ट्रेन्ड नयाँ सरकार नआउँदासम्म उही शैलीमा रहने देखिन्छ। 

images
images
images

साताको पहिलो कारोबारमा आइतबार ३१.९७ अंकले घटेर बजार १८८५.३१ बिन्दुमा झरेको छ। १ अर्ब १० करोड ३४ लाख रुपैयाँको कारोबार भएको बजारमा २५ कम्पनीको मात्र से‍यर मूल्य बढेको छ। १८० कम्पनीको मूल्य घट्दा तीन कम्पनीको मूल्य यथावत छ।

गएको साता पनि आइतबार २.१६ को झिनो अंकले बढेको बजार साताभर ओरालो लागेको थियो। सोमबार २४.४६ अंकले र मंगलबार ४.८७ अंकले घटेको बजार बुधबार १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा झरेको थियो।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। उच्च बिन्दुको यात्रादेखि यता लगातार उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। लगानीकर्ताको मनोविज्ञान स्पष्ट नहुँदा बजारको यात्रा यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

images

लगानीकर्ताहरू नयाँ सरकार गठनपछि हुने नीतिको पर्खाइमा देखिएको विश्लेषकहरू बताउँछन्। अब बन्ने सरकार र त्यसमा अर्थमन्त्रीसहित उनको नीतिगत विश्वस्तताको पर्खाइ लगानीकर्तामा रहेको उनीहरूको भनाइ छ। मिश्रित चुनावी परिणामले नयाँ सरकार गठनमा अन्योल देखिइरहँदा सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। जसका कारण उतारचढावमा रहेको बजार निरन्तर ओरालोतिर देखिएको छ। 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend