सोमबार, वैशाख १७ गते २०८१    
images
images

अधिकांश वाणिज्य बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल, कुनको कति?

images
images
images
अधिकांश वाणिज्य बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल, कुनको कति?
images
images

काठमाडौं- वाणिज्य बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेकै सीमामा राख्न सफल भइरहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि अजोस मसान्तसम्म बैंकहरूले सीडी रेसियो ८७.४२ प्रतिशतमा राखेका छन्। 

images
images
images

मंसिरसम्म सीडी रेसियो अझै घटाएर बैंकहरूले ८६.८४ प्रतिशतमा झारेका छन्। चुनावपछि बैंकिङ प्रणालीमा केही निक्षेप आएपछि बैंकहरूको सीडी रेसियोमा झनै सुधार देखिएको छ। सीडी रेसियोमा राष्ट्र बैंकले बैंकहरूलाई ९० प्रतिशतको सीमा तोकेको छ। साउनयता मात्रै ९६ अर्ब ३ करोड निक्षेप थपिएको छ भने कर्जा प्रवाह ४० अर्ब ४८ करोड भएको छ। 

images

चुनावअघिसम्म वाणिज्य बैंकहरूमा ४५ खर्ब ५८ अर्ब निक्षेप रहेकोमा अहिले १५ अर्ब थपिएर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

images

बैंकहरूमा असार मसान्तसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै सीडी रेसियो ग्लोबल आईएमई बैंकको रहेको छ। जसको ९०.५८ प्रतिशत छ भने दोस्रोमा नबिल बैंकको रहेको छ। नबिल बैंकको ९०.४० प्रतिशत सीडी रेसियो रहेको छ। सबैभन्दा थोरै सीडी रेसियो नेपाल एसबीआई बैंकको ८३.२५ प्रतिशत रहेको छ। 

images
images

बैंकहरूले असोज मसान्तसम्म ४५ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेकोमा ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा नबिल बैंकले ३ खर्ब ३९ अर्ब निक्षेप संकलन गर्दा ३ खर्ब १४ अर्ब ऋण प्रवाह गरेको छ। त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंकले ३ खर्ब ८ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ७३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ। 

कुन बैंकको सीडी रेसियो कति? 

- नेपाल बैंक  ८४.९३

- राष्ट्रिय वाणिज्य बैंक ८४.६९

- कृषि विकास बैंक  ८८.६४ 

- नबिल बैंक   ९०.४० 

- नेपाल इन्भेष्टमेन्ट बैंक  ८६.१२

- स्ट्यार्न्डर्ड चाटर्ड बैंक ८३.९५ 

- हिमालयन बैंक  ८८.८३

- नेपाल एसबीआई बैंक ८३.२५

- एभरेष्ट बैंक ८६.०१

- बैंक अफ काठमाण्डू ८८.९१

- एनसीसी बैंक ८८.२६

- एनआईसी एसिया बैंक ८३.८४

- माछापुछ्रे बैंक ८६.३३

- कुमारी बैंक ८८.३६

- लक्ष्मी बैंक ८७.१०

- सिद्धार्थ बैंक ८८.२२

- ग्लोवल आईएमई बैंक ९०.५८

- सिटिजन्स बैंक ८७.६६

- प्राइम कमर्सियल बैंक ८८.५७

- सनराइज बैंक ८९.४८

- एनएमबि बैंक ८६.९४

- प्रभु बैंक ८५.१०

- मेगा बैंक ८८.३७

- सिभिल बैंक ८६.७३

- सेञ्चुरी कमर्सियल बैंक ८८.४०

- सानिमा बैंक ८६.१७

images

प्रकाशित : आइतबार, मंसिर २५ २०७९०७:५८

प्रतिक्रिया दिनुहोस