शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अधिकांश वाणिज्य बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल, कुनको कति?

आइतबार, मंसिर २५ २०७९
अधिकांश वाणिज्य बैंकहरूको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल, कुनको कति?

काठमाडौं- वाणिज्य बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेकै सीमामा राख्न सफल भइरहेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि अजोस मसान्तसम्म बैंकहरूले सीडी रेसियो ८७.४२ प्रतिशतमा राखेका छन्। 

मंसिरसम्म सीडी रेसियो अझै घटाएर बैंकहरूले ८६.८४ प्रतिशतमा झारेका छन्। चुनावपछि बैंकिङ प्रणालीमा केही निक्षेप आएपछि बैंकहरूको सीडी रेसियोमा झनै सुधार देखिएको छ। सीडी रेसियोमा राष्ट्र बैंकले बैंकहरूलाई ९० प्रतिशतको सीमा तोकेको छ। साउनयता मात्रै ९६ अर्ब ३ करोड निक्षेप थपिएको छ भने कर्जा प्रवाह ४० अर्ब ४८ करोड भएको छ। 

चुनावअघिसम्म वाणिज्य बैंकहरूमा ४५ खर्ब ५८ अर्ब निक्षेप रहेकोमा अहिले १५ अर्ब थपिएर ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकहरूमा असार मसान्तसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा धेरै सीडी रेसियो ग्लोबल आईएमई बैंकको रहेको छ। जसको ९०.५८ प्रतिशत छ भने दोस्रोमा नबिल बैंकको रहेको छ। नबिल बैंकको ९०.४० प्रतिशत सीडी रेसियो रहेको छ। सबैभन्दा थोरै सीडी रेसियो नेपाल एसबीआई बैंकको ८३.२५ प्रतिशत रहेको छ। 

बैंकहरूले असोज मसान्तसम्म ४५ खर्ब ४७ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेकोमा ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा नबिल बैंकले ३ खर्ब ३९ अर्ब निक्षेप संकलन गर्दा ३ खर्ब १४ अर्ब ऋण प्रवाह गरेको छ। त्यस्तै दोस्रोमा एनआईसी एसिया बैंकले ३ खर्ब ८ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब ७३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको छ। 

कुन बैंकको सीडी रेसियो कति? 

- नेपाल बैंक  ८४.९३

- राष्ट्रिय वाणिज्य बैंक ८४.६९

- कृषि विकास बैंक  ८८.६४ 

- नबिल बैंक   ९०.४० 

- नेपाल इन्भेष्टमेन्ट बैंक  ८६.१२

- स्ट्यार्न्डर्ड चाटर्ड बैंक ८३.९५ 

- हिमालयन बैंक  ८८.८३

- नेपाल एसबीआई बैंक ८३.२५

- एभरेष्ट बैंक ८६.०१

- बैंक अफ काठमाण्डू ८८.९१

- एनसीसी बैंक ८८.२६

- एनआईसी एसिया बैंक ८३.८४

- माछापुछ्रे बैंक ८६.३३

- कुमारी बैंक ८८.३६

- लक्ष्मी बैंक ८७.१०

- सिद्धार्थ बैंक ८८.२२

- ग्लोवल आईएमई बैंक ९०.५८

- सिटिजन्स बैंक ८७.६६

- प्राइम कमर्सियल बैंक ८८.५७

- सनराइज बैंक ८९.४८

- एनएमबि बैंक ८६.९४

- प्रभु बैंक ८५.१०

- मेगा बैंक ८८.३७

- सिभिल बैंक ८६.७३

- सेञ्चुरी कमर्सियल बैंक ८८.४०

- सानिमा बैंक ८६.१७


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend