शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेशनल मनी ट्रान्सफरको लाइसेन्स रद्द हुँदै

आइतबार, मंसिर २५ २०७९
नेशनल मनी ट्रान्सफरको लाइसेन्स रद्द हुँदै

तोकिएको समयमा कोही नआएमा कम्पनीको लाइसेन्स रद्द हुने र बैंक ग्यारेन्टी पनि फुकुवा हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबार गर्नका लागि अनुमति पाएको नेशनल मनी ट्रान्सफलरको लाइसेन्स खारेजको प्रक्रियामा गएको छ। 

कम्पनीले आफ्नो अनुमतिपत्र रद्द गर्नका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको छ। कम्पनीले अनुमति रद्दका लागि निवेदन दिएपछि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ। 

काठमाडौं महानगर १३ कालिमाटी ठेगाना भएको उक्त कम्पनीसँग कुनै कारोबार बाँकी भएमा ३५ दिनभित्र सम्पर्कमा आउन राष्ट्र बैंकले आग्रह गरेको छ। 

तोकिएको समयमा कोही नआएमा कम्पनीको लाइसेन्स रद्द हुने र बैंक ग्यारेन्टी पनि फुकुवा हुने राष्ट्र बैंकले प्रष्ट पारेको छ। 

प्रकाशित : आइतबार, मंसिर २५ २०७९०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend