बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

अचारले दिलाएको राम्रो आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २५ २०७९
images
images
अचारले दिलाएको राम्रो आम्दानी

'तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ।'

images
images

म्याङ्लुङ- सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान-बेलुकी हातमुख जोड्न ज्याला मजदूरीकै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका-५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार। 

images
images

विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन। गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो।

images
images

जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो। कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई। तर यतिबेला उनको दैनिकी फेरिएको छ। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आएकी छिन्।

images
images

हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदूरी गर्दै आएकी उनले घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छिन्। शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन। गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ। घरायसी प्रविधिबाट अर्गानिक उत्पादन गर्ने गरेकी छिन्।

हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो। छोराछोरी पढाउन निकै मुस्किल हुन्थो। बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थिइन्। तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो। घर चलाउनै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए।

उनी भन्छन्, 'तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ।, सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो। बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु। लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ।'

छोरा वैदेशिक रोजगारमा छन्। श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन्। उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन्। परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन्।

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छिन्। खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन्। अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिँदै आएका छन्। सूर्यबहादुर भन्छन्, 'सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो। तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ। बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन।'

अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन। ग्राहकले फोनमार्फत माग गर्दै आएका छन्। ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई। जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छौँ।

अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ। अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन। विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन्। आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छिन्। रासस


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend