शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बैंकिङपछि रेमिट्यान्समा शंकास्पद कारोबार धेरै

आइतबार, मंसिर २५ २०७९
बैंकिङपछि रेमिट्यान्समा शंकास्पद कारोबार धेरै

यस्तो कारोबारको संख्यामा पछिल्लो समय सहकारीमा व्यापक वृद्धि भएको छ। तर संकास्पद लगानीको रिपोर्टिङ भने नगन्य रहेको छ। 

काठमाडौं- नेपालको अन्तरदेशीय वित्तीय कारोबार धेरै हुनेमध्येको एक रेमिट्यान्समा संदिग्ध गतिविधि बढिरहेको पाइएको छ। 

नेपाल राष्ट्र बैंक मातहतको वित्तीय जानकारी एकाइको पछिल्लो वार्षिक प्रतिवेदनमा रेमिट्यान्समा  संकास्पद कारोबार बढिरहेको पाइएको हो। रेमिट्यान्स कम्पनी मार्फत संदिग्ध वित्तीय कारोबार भइरहेको हुनसक्ने विभिन्न अनुमानकै बीचमा यस्तो प्रतिवेदन आएको छ। 

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको वित्तीय कारोबारका सूचक र सीमाभन्दा अधिक। तोकिएको मापदण्डभन्दा धेरैको कारोबार र अन्य निर्धारित विधिका माध्यमबाट रेमिट्यान्स कम्पनीको माध्यमबाट संदिग्ध कारोबार बढिरहेको छ। 

प्रतिवेदन अनुसार पछिल्ला वर्षमा रेमिट्यान्स कम्पनीहरूले यस्ता संकस्पाद कारोबार बढिरहेको तथ्यांक एकाइमा पेस गरेका छन्। पछिल्ला तीन वर्षमा गएका २ वर्ष यस्तो कारोबारको रिपोर्ट उल्लेखनीय घटेपनि गएको वर्ष फेरि बढेको छ। २०७६ सालमा ५२ वटा मात्र संकास्पद रेमिट्यान्स कारोबारको रिपोर्ट भएकोमा २०७७ मा घटेर २९ मा सीमित भएको थियो। तर २०७८ सालमा बढेर फेरि १८७ वटा पुगेको छ। 

राष्ट्रले जारी गरेको निर्देशनअनुसार संकस्पाद कारोबारको रिपोर्ट कम्पनीहरूले ३ दिनभित्र गरिसक्नुपर्छ। सबैभन्दा पहिला कारोबारको सीमा निर्धारण गरिएको हुन्छ। निश्चिति सीमाभन्दा धेरैको कारोबार भएमा त्यसो पनि रिपोर्ट गर्नुपर्छ। तर सीमाभन्दा माथिका हरेक कारोबार संकास्पद हुँदैनन्। 

सीमाभन्दा माथिको कारोबार हुनेवित्तिकै कम्पनीहरूले त्यस्तो कारोबार गर्नेहरूको अवस्थिति र थप जानकारी लिन्छन्। यसपछि कम्पनीहरुले रिपोर्ट गर्छन्। रेमिट्यान्स कम्पनीका हकमा दिनमा १० लाखभन्दा बढी रेमिट्यान्स आएमा त्यो कारोबार सीमाभन्दा माथि जान्छ। 

मागेको जानकारी नपाइएमा वा कारोबार पुष्टी हुने अरु आधार नभएमा कम्पनीले संकास्पद कारोबारका रुपमा वित्तीय जानकारी एकाइमा रिपोर्ट गर्छन्। यस्तै कारोबारको संख्यामा गएको वर्ष ६ गुणाले बढेको छ। 

यसरी हुने संकास्पद कारोबारको संख्या समग्रमा नेपालमा २ तिहाइभन्दा धेरैले बढेको छ। गएको वर्षभर विभिन्न क्षेत्रमा २ हजार ७८० वटा यस्ता कारोबार भएका छन्। यसमा सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थाले रिपोर्ट गरेका छन्। सीमाभन्दा धेरै कारोबारको रिपोर्ट धेरै भएपनि सहकारीबाट भने यस्तो रिपोर्ट नगन्य छ। गएको वर्ष जम्मा ३ वटा यस्ता कारोबार छन्। 

जबकी सहकारीमा पछिल्लो समय सीमाभन्दा माथिको कारोबारमा उछाल आएको छ। राष्ट्र बैंकले सहकारीका लागि एक दिनमा १० लाख रुपैयाँभन्दा धेरै बचत राख्ने  तथा झिक्ने। विद्युतीय वा अन्य भुक्तानी १० लाखभन्दा धेरै सदस्य वा अन्य व्यक्तिलाई देशभित्र वा बाहिर गरेमा त्यसलाई निगरानी राख्नुपर्ने कारोबारको सूचीमा राखेको छ। 

यस्तो कारोबारको संख्यामा पछिल्लो समय सहकारीमा व्यापक वृद्धि भएको छ। तर संकास्पद लगानीको रिपोर्टिङ भने नगन्य रहेको छ। 

संकास्पद कारोबार धेरै हुने मुद्रा, बैंकिङ, विदेशी विनिमय, ठगी, कर र सम्पत्ती शुद्धीकरण रहेका छन्। त्यस्तै अपराध, भ्रष्टाचार र घुस लगायतका क्षेत्र पनि उल्लेख्य रहेका छन्। 

 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend