शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकले घोषणा गरेको ९० प्रतिशत लाभांश सेयरधनीलाई कहिलेसम्म दिन्छ?

आइतबार, मंसिर २५ २०७९
नबिल बैंकले घोषणा गरेको ९० प्रतिशत लाभांश सेयरधनीलाई कहिलेसम्म दिन्छ?

काठमाडाैं- गत महिना बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नबिल बैंकले तीन वर्षभित्र सेयरधनीहरुलाई ९० प्रतिशत लाभांश दिने घोषणा गरेका थिए। पौडेलले नबिल र नेपाल बंगलादेश बैंकको मर्जर प्रस्तावसहितको साधारण सभामा बोल्दै आगामी ३ वर्षसम्म लगातार ३० प्रतिशतभन्दा माथिको दरले लाभांश दिने घोषणा गरेका थिए। 

गत आर्थिक वर्षको असार मसान्तसम्म नबिलले वितरणयोग्य नाफा ९ अर्ब १२ करोड रुपैयाँ पुर्‍याएको छ। नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलले रिर्जभबाटै ५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। सोही कारण अध्यक्ष पौडेलले अहिले वाणिज्य बैंकहरुले दिइरहेको लाभांशभन्दा दोबर दिनेसमेत बताएका थिए। अहिले बैंकहरुले ५ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्। 

nabil aaaaa.JPG

बैंकले गत वर्ष सेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने गरेको थियो। बैंकले अहिलेसम्म सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१  मा बराबरी ६५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

लगानीकर्तालाई केही दिनमै आकर्षक लाभांश आउने चर्चाकाबीच नबिल बैंकको सेयर मूल्य भने घटिरहेको छ। नबिलको बुधबार पनि प्रतिकित्ता ७ रुपैयाँले घटेको छ। नबिलको सेयर मूल्य प्रतिकित्ता ८८१ रुपैयाँमा झरेको छ।

बैंकका अध्यक्ष पौडेलले भनेजस्तै बैंकले सम्भवत: ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। लाभांश घोषणपछि पुनः सेयर मूल्य घट्ने अनुमानमा सेयर बिक्री गरेर लगानीकर्ता बाहिरिँदा सेयर मूल्य घटेको हो। 

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 

सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, मंसिर २५ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend