शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निफ्रालाई ठूला पूर्वाधार निर्माणमा आईएफसीले सहयाेग गर्ने

शनिबार, मंसिर २४ २०७९
निफ्रालाई ठूला  पूर्वाधार निर्माणमा आईएफसीले सहयाेग गर्ने

एमओयूमा देशको पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरूको खाडललाई पुरा गरी पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तीव्र बनाउन सहकार्य गर्नेछन्।

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी)बीच नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरू विकास गर्ने सम्झौता भएको छ।

शुक्रबार आयोजित एक कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र आईएफसीका एशिया प्यासिफिक पीपीपी ट्रान्जेक्शन एडभाइजरी सर्भिसेजका प्रबन्धक थोमस लुबेकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

एमओयूमा देशको पूर्वाधार विकासका लागि आवश्यक वित्तीय र प्राविधिक स्रोतहरूको खाडललाई पुरा गरी पूर्वाधार क्षेत्रमा लगानीको गतिलाई तीव्र बनाउन सहकार्य गर्नेछन्। सम्झौतापछि परियोजना पहिचान र स्क्रिनिङमा सहयोग गर्नेछ।

सार्वजनिक र निजी क्षेत्रको क्षमता अभिवृद्धिको अतिरिक्त पहिचान गरिएका आयोजनाहरूको प्रारम्भिक मूल्यांकन र परियोजना विशिष्ट संरचना र बोलपत्रमा पनि सहयोग गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत खतिवडाले बताए।

‘निफ्रा र आईएफसीबीच भएको समझदारीले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन एउटा ठूलो कोसेढुंगाको रूपमा चिन्ह लगाउँछ,’ उनले भने। यो सहकार्यले देशका प्रमुख पूर्वाधार परियोजनाहरूको पहिचान र विकास गर्न मद्दत गर्ने समेत बताए। 

‘नेपालको निजी क्षेत्रसँग आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना छ,’ थोमस लुबेकले भने। उनले निजी क्षेत्रले लगानी गरेर नेपालका जनताका लागि सुधारिएको पूर्वाधार उपलब्ध गराउने दावी समेत गरे। 

 


प्रकाशित : शनिबार, मंसिर २४ २०७९१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend