आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २३ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

निर्माण सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान समेत भइसकेको छ।

images
images

काठमाडौं- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा उद्घाटन हुने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने भएको छ।

images
images

निर्माण सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान समेत भइसकेको छ।

images
images

विमानस्थलको व्यवसायीक उडानका भने पोखरा महानगरपालिकाको डम्पिङ साइट अवरोध देखिएको छ। डम्पिङ साइट व्यवस्थापनको काम अझै हुन सकेको छैन्। तर महानगरले डम्पिङ साइट व्यवस्थापनमा कुनै समस्या नहुने जनाएको छ।

इन्जिनियरिङ प्रोकरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले जिम्मा पाएको थियो।  चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनाको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। 

विमानस्थल २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावन मार्ग तथा टर्मिनल भवन निर्माण भएका छन्। विमानस्थलमा आगामी २० वर्षमा जम्मा वार्षिक १० लाख मात्रै हवाई यात्रु पुग्ने प्रक्षेपण समेत गरेको छ। 

२०६८ साल माघ २६ गते प्राधिकरणले विमानस्थल निर्माणको ठेक्कालाई बोलपत्र आह्वान गरेको थियो। चाइना सीएएमसीले सरकारको लागत अनुमानभन्दा ८५ प्रतिशत बढी ३० करोड ५० लाख डलरको प्रस्ताव हालेको थियो। त्यसपछि निकै विवाद भएको थियो। 

त्यसको एक वर्षपछि फेरि चिनियाँ कम्पनीले सरकारी अनुमानकै हाराहारीमा निर्माण गर्न सकिने इच्छा देखाएर पर्यटन मन्त्रालयलाई पत्र लेखेको थियो। तर केही समयपछि कम्पनीले परामर्शदाता खटाएर करिब ३० करोड डलरभन्दा कममा काम गर्न नसकिने अध्ययन रिपोर्ट तयार पारेपछि विवाद झनै चर्किएको थियो।  विवादपछि सरकारले बनाएको तीन सदस्यीय समितिले २१ करोड ५९ लाख डलरको हाराहारीमा विमानस्थल निर्माण हुने प्रतिवेदन पेस गरेको थियो।  

२१ करोड ५९ लाख अमेरिकी डलर चिनयाँ एक्जिम बैंकको ऋणमा उक्त विमानस्थल निर्माण भएको हो। 


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend