शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वित्तीय विवरणमा अब्बल एभरेष्ट बैंक : सेयर मूल्य पाँच वर्षयताकै सस्तो हुँदापनि लगानीकर्ता किन आकर्षित छैनन्?

शनिबार, मंसिर २४ २०७९
वित्तीय विवरणमा अब्बल एभरेष्ट बैंक : सेयर मूल्य पाँच वर्षयताकै सस्तो हुँदापनि लगानीकर्ता किन आकर्षित छैनन्?

अघिल्लो बुलमा प्रतिसेयर ३८०० रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

काठमाडौं- अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंकको सेयर मूल्य गत वर्षको बुलमा लगानीकर्ताको रोजाइँमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। तथापी लगानीकर्ताहरु यसतर्फ आकर्षित छैनन्। 

अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय केही बढ्दै घट्दै गरेको एभरेष्टको सेयर मूल्य ४५० मा कारोबार भइरहेको छ। बैंकको गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांशसमेत घोषणा गरिसकेको छ।

आउने साता बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीको खातामा जानेछ। सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिने छ। आउने वर्षहरुमा एभरेष्टले सेयरधनीलाई अझै राम्रो लाभांश दिनेछ। 

everest 11.JPG

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको समीक्षा अवधिमा बैंकको खुद नाफा ४८.९५ प्रतिशत बढेर ८६ करोड २२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशत, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत र सञ्चालन नाफा ४८.८९ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यसले पनि आउने वर्षहरुमा सेयरधनीलाई एभरेष्ट बैंक आकर्षक हुने निशचत देखिन्छ। 

नाफासँगै बैंकको ईपीएस अर्थात प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष ५.४५ प्रतिशत बढेको छ भने निक्षेप ०.६४ प्रतिशत र कर्जा १.७२ प्रतिशत बढेको छ।

अघिल्लो बुलमा प्रतिसेयर ३८०० रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको थियो। यस वर्ष बैंकले उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको थियो। भारतको पञ्जाव नेशनल बैंकको प्रमुख सेयरधनी रहेको बैंकको रणनीतिक व्यवस्थापन पञ्जाव नेशनलले नै गर्छ। नयाँ सीईओ आएपछि बैंकले आक्रामक व्यापार विस्तार समेत गरिरहेको छ। 

गत आर्थिक वर्षमा एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड ६० लाख रूपैयाँभन्दा बढी रहेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको थियो। अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेको थियो। पछिल्लाे तीन महिनाकाे विवरणले आउने वर्ष झनै राम्राे हुने देखिएको छ।


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend