शनिबार, वैशाख ८ गते २०८१    
images
images

बालेनको ताकेतापछि सडक बत्ती जडान गर्न तयार भयो विद्युत प्राधिकरण

क्षेत्राधिकारभित्रका सबै सडकमा बत्ती राखिने

images
images
बालेनको ताकेतापछि सडक बत्ती जडान गर्न तयार भयो विद्युत प्राधिकरण

पहिलो चरणमा राखिने सडक बत्तीका लागि १३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यसमध्ये ६० प्रतिशत रकम महानगरले प्राधिकरणलाई उपलब्ध गराउने छ। ४० प्रतिशत रकम खर्चने र टेन्डरलगायत जडानको काम प्राधिकरणले गर्नेछ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मुख्य तथा सहायक सबै सडकमा बत्ती राख्न नेपाल विद्युत प्राधिकरण र महानगरबीच निकैअघि एमओयू भएको थियो। उक्त एमओयूअनुसार सडक बत्ती जडान गर्न महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत खर्च बेहोर्नुका साथै ठेक्कादेखि जडानको सम्पूर्ण काम प्राधिकरणले गर्ने उल्लेख थियो। 

images
images
images

तर प्राधिकरणले एमओयूअनुसार समयमै सम्झौता नगरेर काम नभएको प्रचार गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्राधिकरणका सम्बन्धित कर्मचारीलाई बोलाएर तत्काल सम्झौता गरेर काम गर्न निर्देशन दिएपछि काम अघि बढेको हो। प्रमुख बालेनको निर्देशनसँगै बुधबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सडक बत्ती जडानको काम अघि बढाउने सम्झौता भएको छ। 

images

प्राधिकरणले आफ्नो कमजोरी लुकाउन महानगले काम नगरेको आरोप लगाउँदै आएको छ। यता महानगरले भने एमओयू भएको र अन्तिम सम्झौता गर्नुपूर्व नै आफ्नो खातामा लागतको ६० प्रतिशत रकम नआए काम अघि नबढ्ने प्राधिकरणले बताएको जिकिर गरेको छ।

images

नेपाल विद्युत प्राधिकरणले सडक बत्ती राख्न ४० र ६० प्रतिशत लगानीको योजना ल्याएको हो। यो योजनाअनुसार सडकमा राख्ने स्मार्ट बत्तीका लागि प्राधिकरणले ४० र महानगरले ६० प्रतिशत लगानी गर्नुपर्छ।

images
images

अन्य महानगरले पनि यस्तै योजनाअनुसार सडक बत्ती राखेका छन्। काठमाडौं महानगरले पनि सोहीअनुसार सडक बत्ती राख्न धेरै अघि प्राधिकरणसँग सम्झौता गरेको थियो। तर प्राधिकरणले विभिन्न बहानामाा अन्तिम सम्झौता नगरेर काम गर्न ढिलाइ गर्दा सडक बत्ती नभएर सडक अँध्यारो भइरहेको महानगरका एक अधिकृतले बताए।  

‘प्राधिकरणले आफूले गर्नुपर्ने काम गर्नुको साटो महानगर प्रमुखले तदारुकता नदेखाएको भन्दै आएको छ,’ ती अधिकृतले भने, ‘सडक बत्तीको महसुलबारे महानगरले बिवाद निकालेको प्रचार गरिरहेका छ। यसबारे त एमओयू गर्दा नै बत्तीको महसुल तिर्न महानगर सहमत भइरहेको थियो।’ 

काठमाडौंका मुख्य सडकहरुमा स्मार्ट लाइट राख्ने विषयमा २०७६ माघ ३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा महानगर, विद्युत प्राधिकरण तथा मन्त्रालयका प्रतिनिधिकैबीच निर्णय भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोड, त्रिपुरेश्वर, महाराजगञ्ज, चक्रपथको कलंकी–कोटेश्वर खण्ड, बालुवाटार लगायतका सडकमा सडक बत्ती राखे सहमति भएको थियो।

काठमाडौं महानगरले आफ्नो क्षेत्रभित्रको सडकलाई उज्याले बनाउन सडक बत्ती राख्न विद्युत प्राधिकरणसँग सम्झौता गरेको र अब काम अघि बढेको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिए। सुरुमा मु्ख्य सडकमा सडक बत्ती राखिने र क्रमशः भित्रि सडकका गल्लीमा समेत सडक बत्ती राख्ने महानगरले योजना अघि सारेको उनको भनाइ छ। 

‘महानगरले ६ महिनामा आफ्नो क्षेत्रभित्रका सबै सडक झिलिमिली पार्न चाहेको छ यसका लागि प्राधिकरणको पूर्णसहयोग र काम हुन जरुरी छ,’ काफ्लेले भने, ‘महानगरपालिका काम भएलगत्तै सम्झौताअनुसार आफूले बेहोर्ने दायित्व प्राधिकरणलाई उपलब्ध गराउँछ।’ प्राधिकरण र महानगरबीच हालै सकड बत्ती जडानलाई सक्दो छिटो जडान गर्नेगरि काम अघि बढाउने कुार भएको उनले बताए। 

पहिलो चरणमा राखिने सडक बत्तीका लागि १३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यसमध्ये ६० प्रतिशत रकम महानगरले प्राधिकरणलाई उपलब्ध गराउने छ। ४० प्रतिशत रकम खर्चने र टेन्डरलगायत जडानको काम प्राधिकरणले गर्नेछ। 

महानगरसँग सामान्य विषयमा कुरा मिलेको थिएन र हालै दुई पक्षबीच छलफल भएर कुरा मिलिसकेको प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले बताए। 'महानगरसँग त्यस्तो विषय केही थिएन। केही प्राविधिक विषय थिए तर अब काम अगाडि बढाउन हामी दुवै पक्ष सहमत भइसकेका छौं,' उनले भने। 

उपत्यकाभरि नै बत्ती राख्न २०७७ मंसिर २५ गते काठमाडौं महानगरपालिका, सडक विभाग र विद्युत प्राधिकरणबीच छलफल र सहमतिसमेत भएको थियो। 

महानगरले सहरी सौन्दर्यता कायम गर्न र रातीको समयमा अँध्यारोका कारण हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सडक बत्ती जडानलाई प्राथमिकता दिएको हो। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै सडकमा बत्ती राख्दा करिब १ अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरेको छ। त्यस्तै महानगरले सबै स्थानमा बत्ती बाल्दा वार्षिक करिब १ करोड रुपैयाँ बत्तीको बिल आउने प्रक्षेपण गरेको छ। 

images

प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०७:५२

प्रतिक्रिया दिनुहोस