शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सम्पति शुद्धीकरण निवारणका लागि राष्ट्र बैंकले बनायो छुट्टै महाशाखा

शुक्रबार, मंसिर २३ २०७९
सम्पति शुद्धीकरण निवारणका लागि राष्ट्र बैंकले बनायो छुट्टै महाशाखा

राष्ट्र बैंक अन्तर्गत रहेको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले महाशाखा स्थापना गरेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धि निरीक्षण तथा सुपरीवेक्षणका लागि छुट्टै महाशाखा सञ्चालनमा ल्याउने भएको छ। 

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवार्ण सुपरीवेक्षण महाशाखा माघ १ गतेदेखि सञ्चालनमा ल्याउने भएको हो। 

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियकलापमा वित्तीय लगानी रोक्नका लागि राष्ट्र बैंकले छुट्टै महाशाखा बनाएको छ। 

यो महाशाखाले हरेक संकास्पद कारोबारका बारेमा नियमित सुपरीवेक्षण गर्ने छ। विशेषज्ञ जनशक्तिसहित नियमित अनुगमन तथा निर्देशनका लागि महाशाखा बनाइएको राष्ट्र बैंकले जानकारी दिएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend