शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दुई वर्षयताकै न्यून लाभांशले पनि हिमालयन डिष्टिलरीको सेयर मूल्यमा उभार, फेरि उच्च मूल्यमा कारोबार होला?

शुक्रबार, मंसिर २३ २०७९
दुई वर्षयताकै न्यून लाभांशले पनि हिमालयन डिष्टिलरीको सेयर मूल्यमा उभार, फेरि उच्च मूल्यमा कारोबार होला?

काठमाडौं- पछिल्लो दुई वर्षकै थोरै लाभांश दिएपनि हिमालयन डिष्टिलरीको सेयर खरिदमा लगानीकर्ता आकर्षिक भइरहेका छन्। खासगरी सस्तो मूल्यमा आएका कारण पनि लगानीकर्ताहरु लाभांश बुक गर्नका लागि लगातार सेयर खरिद गरिरहेका छन्। 

कम्पनीले सेयरधनीलाई गत वर्षकोभन्दा ३० प्रतिशत न्यून लाभांश दिने घोषणा गरेको छ। लगातार दुई वर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

hdl.JPG

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। सेयर लगानीकर्ताले एकवर्षमै ३ हजार ११० रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। 

गत वर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा ४२ प्रतिशतले घटेको छ।

गत वर्ष ७१९५ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार ९७८ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँले बढेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। पीई रेसियो ६९ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २३ २०७९०१:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend