शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक - प्रधानमन्त्री देउवा, बैशाख १ देखि अन्तर्राष्ट्रिय उडान

images
बिजनेस न्युज
images
images
पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक - प्रधानमन्त्री देउवा, बैशाख १ देखि अन्तर्राष्ट्रिय उडान

डाँडा काट्ने विषयमा आफ्ठेरो भएका सरकारले फुकाउने र विमानस्थल सञ्चालन सवै प्राविधिक कामहरु समेत द्रुत गतिमा सम्पन्न गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्।

images
images

पोखरा- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्दै काम सन्तोषजनक रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले कोभिड १९ को अप्ठ्यारोमा पनि विमानस्थलको प्रगतिले अब छिट्टै सञ्चालन हुनेमा आशासमेत व्यक्त गरेका छन्। 

images
images
images

आयोजना निर्माणका कुनै अफ्ठेरो परेमा पर्यटन मन्त्रीमार्फत तुरुन्त काम गर्न निर्देशन समेत दिएका छन्। ‘केही समय धकेलिएको रहेछ, अब तोकिएको मितिमा विनमास्थल सञ्चालन हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले भने। डाँडा काट्ने विषयमा आफ्ठेरो भएका सरकारले फुकाउने र विमानस्थल सञ्चालन सबै प्राविधिक कामहरू समेत द्रुत गतिमा सम्पन्न गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्। 

images

प्रधानमन्त्री देउवासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसमेत विमानस्थलको अवलोलनमा सोमबार पोखरा पुगेका छन्। उनीहरूले आयोजनाको धावन मार्ग, टर्मिनल भवन लगायत क्षेत्रको निरिक्षण समेत गरेका छन्। 

images

कार्यक्रममा विमानस्थल निर्माणदेखि हालसम्म भएका प्रगति विवरण नेपाल नागरिक उड्डयन राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक प्रदिप अधिकारीले काम द्रु्त गतिमा अगाडि बढेकोले बैशाख १ गते पोखराबाट पहिलो हुने हुने प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। ‘हामी बैशाख १ गते विमानस्थल सञ्चालन गर्ने छौँ,’ अधिकारीले भने।  

images
images

पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने मिती सकिनै लाग्दा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। पोखरामा अहिले पनि २ सय २० नेपाली र १ सय ८५ जना चिनियाँले भित्रै बसेर काम गरिरहेका छन्। 

पोखरा विमानस्थल भने २०७४ मा सुरु भएको थियो। २०७७ भित्र निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो ।

हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको छ। 

images

प्रकाशित : सोमबार, असोज २५ २०७८०६:०४
प्रतिक्रिया दिनुहोस