काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा सुन तोलामा ४ सय र चाँदीको मूल्य १० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेर ९९ हजार ७ रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ६० तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।