बिहीबार , जेठ ३ गते २०८१    
images
images

गुणस्तरहीन प्रसारणका कारणले टीभी छाडेर इन्टरनेटतिर फुटबल दर्शक 

images
बिहीबार , मंसिर २२ २०७९
images
images
गुणस्तरहीन प्रसारणका कारणले टीभी छाडेर इन्टरनेटतिर फुटबल दर्शक 

प्याकेजको मूल्य अनुसार गुणस्तर र सहज पहुँच नदिँदा दर्शक आकर्षित नभएको व्यवसायीहरूले बताएका छन्।

images
images

काठमाडौं- कतारमा जारी फिफा विश्वकप २०२२ मा हुने खेलको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार लिएको मिडिया हब नेतृत्वको कन्सोर्टियमले गुणस्तरीय प्रसारणको व्यवस्था नमिलाउँदा फुटबल हेर्ने दर्शक टीभी छाडेर इन्टरनेटतिर गएका छन्। 

images
images
images

टेलिभिजन वितरक, प्रसारण अधिकार लिएको संस्था तथा संलग्न साझेदार सेवापद्रायकले सुरुमा गरेको अनुमान विरीत प्याकेज लिने ग्राहकको संख्या निराशाजनक रहेको छ। 

images

मिडिया हबकै प्रारम्भिक तथ्यांकअनुसार विश्वकप खेलका प्रत्यक्ष प्रसारण हेर्नका लागि प्याकेज खरिद गर्ने ग्राहकको संख्या करिब चार लाख मात्र पुगेको छ। मिडिया हबका सञ्चालक सोम धितालका अनुसार अहिलेसम्म चानचुन ४ लाखले प्याकेज गरिद गरेका छन्। 

images
images

'हामीसँग एकीकृत र अन्तिम तथ्यांक त आएको छैन तर अहिलेसम्म आएको तथ्यांक अनुसार चानचुन चार लाख पुगेको होला' उनले भने। 

images
images

यो संख्या मिडिया हबकै पूर्वामानुमात्र होइन टेलिभिजन वितरकहरूको अनुमानभन्दा पनि निकै थोरै हो। 

विशेषगरि फुटबल विश्वकप हुँदा धेरै दर्शकको आकर्षण हुन्थ्यो। यसअघिका खेलकुद इभेन्टमा टीभीमा नयाँ ग्राहक थपिन्थे। त्यस्तै निष्क्रिय रहेका ग्राहक पनि थपिन्थे। 

तर यसपालि त्यस्तो केही भएन। यो विश्वकपमा ग्राहक थपिनेभन्दा पनि निष्क्रिय ग्राहक नै सक्रिय भएका छैनन्। भएकै ग्राहकले प्याकेज खरिद गरेको व्यवसायीहरूको भनाइ छ। 

'चार लाख भनेको एकदमै न्यून हो। यसअघिको युरोकपमै नियमित स्पोर्टस प्याकेज लिनेको संख्या योभन्दा धेरै हुन्थ्यो। तर फिफा विश्वकपमा कम्तिमा पनि १० हुनुपर्थ्यो' एक व्यवसायीले भने। 

अझै पनि विश्वकपका ८ खेल बाँकी छन्। आठमध्ये अन्तिममा चार खेल नि:शुल्क देखाउनुपर्छ। सशुल्क खेल जम्मा चारवटा मात्र बाँकी छन्। यही अवधिमा नयाँ ग्राहक थपिने सम्भावना छैन। 

टीभीमा ग्राहक नथपिएको भन्नुको अर्थ फुटबल हेर्ने दर्शक घटेको भने होइन। नेपाली दर्शकले टेलिभिजनभन्दा पनि इन्टरनेटकै माध्यमबाट फुटबल हेरिरहेको व्यवसायीको भनाइ छ। 

'फुटबलका प्यासिनेट दर्शकले ठूलो स्क्रिनको टीभीमै हेरेपनि उनीहरूले वेबसाइट स्ट्रिमिङबाट लिएका छन्। टेलिभिजन छाडेर उनीहरू पनि इन्टरनेटतिरै छन्। त्यस बाहेक अलि परम्पारगत ग्राहकले मात्र टीभीमा हेरेका छन्' एक व्यवसायीले भने। 

नेपाली दर्शकले टेलिभिजन छाडेर इन्टरनेटकै साहरामा फुटबल हेरिरहेका छन्। इन्टरनेटमा पाइने विभिन्न वेबसाइटमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हुन्छ। नेपालको कानून अनुसार अवैध र असुरक्षित भएपनि त्यस्तै वेबसाइटबाट नेपाली दर्शकले फुटबल हेरिरहेका छन्। 

यस्तो हुनुमा मुख्य दुई कारण छन्। पहिलो गुणस्तर हो भने दोस्रो शुल्क। 

मिडियाहबले नेपालका लागि प्रत्यक्ष प्रसारणको अधिकार करिब २० करोड रुपैयाँमा खरिद गरेको  थियो। प्रसारण अधिकार खरिद गरेपछि हिमालय टीभीको प्रिमियम च्यानलबाट प्रसारण गर्ने र त्यो हेर्नका लागि ग्राहकले ६६५ रुपैयाँ तिर्नुपर्नेगरि शुल्क निर्धारण गरियो। 

अनुमति नलिइ शुल्क तोक्दा पनि अदालतको आदेशभन्दै मिडिया हबले त्यही शुल्क कायम गर्‍यो। यो शुल्कमा धेरै ग्राहकले असन्तुष्टि जनाए। जसका कारण फुटबलमा धेरै चासो नहुनेहरूले प्याकेज खरिद गरेनन्। 

दोस्रो र मुख्य कारण हो गुणस्तर। हिमालय टेलिभिजनबाट भइरहेको प्रसारणको गुणस्तर कमसल भएको भन्दै दर्शको गुनासो धेरै रहेको छ। यही कारणले गर्दा उपभोक्ताले बिकल्प रोजेका छन्। 

वेब स्ट्रिमिङ टेलिभिजनभन्दा हानिकारक हुन्छ। विशेषगरि साइबर सुरक्षाका कोणबाट। यसका बाबजुद पनि युवा दर्शकले यसकै साहरा लिएका छन्। 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक अनुसारका ७२ प्रतिशत घर परिवारमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ। सेटअप बक्स वितरणको तथ्यांकका आधारमा यो प्रतिशत निकालिएको हो। यही सूचकअनुसार ५६ लाख घरधुरी मान्दा पनि ४० लाख घरधुरीमा टेलिभिजन पहुँच पुगेको छ। सेवाप्रदायहरूका अनुसार पनि नेपालमा औपचारिक रुपमै ४५ लाखबढी सेटअप बक्स वितरण गरिएको तथ्यांक रहेको छ। यद्यपि त्यसमध्ये नियमित सक्रिय ग्राहकको संख्या भने अहिले न्यूनतम २५ लाख रहेको व्यवसायीहरूले बताएका छन्। 

२५ लाखमध्ये कम्तिमा १० लाख बढीले प्याकेज खरिद गर्ने अनुमान गरिएपनि त्यस्तो उत्साह देखिएको छैन। मिडिया हबले प्रसारण अधिकार खरिददेखि प्रसारणको व्यवस्थापनसम्म कम्तिमा ३० करोड खर्च हुने अनुमान गरेको थियो। तर चार लाख ग्राहकले उसले २० करोड रुपैयाँ उठाएकोढ छ। यसबाहेक मिडिया हबले विज्ञानबाट आम्दानी गरेको छ। 

प्याकेजको मूल्य अनुसार गुणस्तर र सहज पहुँच नदिँदा दर्शक आकर्षित नभएको व्यवसायीहरूले बताएका छन्। सस्तो मूल्य,गुणस्तरीय प्रसारण  र एप्लीकेसनबाट सहज पहुँच दिएको भए अहिलेभन्दा कम्तिमा तीन गुणना ग्राहक थपिने सम्भावना भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend