शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

आकर्षक लाभांशको चर्चाकैबीच नबिल र एनआईसी एसिया बैंकको सेयर मूल्य घटेको घट्यै, कस्तो आउला लाभांश?

बिहीबार , मंसिर २२ २०७९
आकर्षक लाभांशको चर्चाकैबीच नबिल र एनआईसी एसिया बैंकको सेयर मूल्य घटेको घट्यै, कस्तो आउला लाभांश?

काठमाडौं- दोस्रो बजारमा अब्बल रहेका नबिल र एनआईसी एसिया बैंक लाभांश घोषणा तयारीमा छन्। आर्थिक सूचकमा अब्बल रहेता पनि दोस्रो बजारमा बैंकको सेयर मूल्य भने सस्तो मूल्यमै आएको छ। लाभांश घोषणाकै तयारी भएपनि सेयर मूल्य भने घटिरहेको छ। 

एआईसी एसिया बैंक

एनआईसी एसिया बैंकले वित्तीय सूचकमा आकर्षक सुधार गरेपनि दोस्रो बजारमा भने मूल्य बढ्न सकेको छैन। एनआईसी एसिया बैंकको सेयर बुधवार पनि प्रतिकित्ता ४.७० रुपैयाँ घटेर ६८८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्लो एक वर्षमा उच्चतम मूल्य ९३५ रुपैयाँमा कारोबार भएको थियो। 

nic.JPG

अहिलेको मूल्य पछिल्लो एकवर्षयताकै सस्तो रहेको छ। लाभांशमा लागेको प्रतिबन्धका कारण गतवर्ष सेयर मूल्य ओरालो लागे पनि अब आउने वर्षहरुमा एनआईसी एसिया बैंकले सेयर लगानीकताई आकर्षक लाभांश दिने क्षमता भएकाले पनि मूल्यमा भारी वृद्धि हुने देखिन्छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ। एनआईसी एसिया बैंकले लाभांश क्षमता १९‍.३७ प्रतिशत रहेको छ।

एनआईसी एसिया बैंकले पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो। गत वर्ष १ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको थियो। 

बैंकले पहिलो त्रैमासमा ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९.६२ रुपैयाँ छ।

नबिल बैंक 

लगानीकर्तालाई केही दिनमै आकर्षक लाभांश आउने चर्चाकाबीच नबिल बैंकको सेयर मूल्य भने घटेको छ। नबिलको बुधवार मात्रै प्रतिकित्ता ७ रुपैयाँले घटेको छ। बुधवार नबिलको सेयर मूल्य प्रतिकित्ता ८८१ रुपैयाँमा झरेको छ।

बैंकले सम्भव ३० देखि ४० प्रतिशतसम्म लाभांश दिने अनुमान गरिएको छ। लाभांश घोषणपछि पुनः सेयर मूल्य घट्ने अनुमानमा सेयर बिक्री गरेर लगानीकर्ता बाहिरिँदा सेयर मूल्य घटेको हो। 

nabil 11.JPG

विभिन्न वित्तीय तथा वाणिज्य बैंकहरूले नगद लाभांश मात्रै सार्वजनिक गरिरहेका बेला नबिलले नगद र बोनस सेयर आधा आधा दिने सम्भावना रहेको छ। 

नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेता पनि सेयर मूल्य भने बढ्न सकेको छैन। कुनै समय १७४० रुपैयाँसम्म पुगेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। 

बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा  खुद नाफा ४१.३ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 
 
सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने ५.१ रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ। गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२.११ रुपैयाँ रहेको थियो। यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २२ २०७९०२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend