शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

इतिहासकै सस्तो हुँदा पनि शिवम सिमेन्टको सेयर मूल्य घट्दो ट्रेन्डमा, कति आउला लाभांश?

बुधबार, मंसिर २१ २०७९
इतिहासकै सस्तो हुँदा पनि शिवम सिमेन्टको सेयर मूल्य घट्दो ट्रेन्डमा, कति आउला लाभांश?

बुधबार शिवमको सेयर २ लाख ४५ हजार कित्ता किनबेच हुँदा सबैभन्दा धेरै १३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं- आकर्षक लाभांश दिने चर्चा भएपनि शिवम सिमेन्टको सेयर कारोबार प्रत्येक दिन घट्दो ट्रेन्डमा रहेको छ। पछिल्लो केही समययता नै लगानीकर्ताले प्रतिकित्ता २९७ रुपैयाँ गुमाएका छन् भने एकवर्षमा प्रतिकित्ता १ हजार १२० रुपैयाँले गुमाइसकेका छन्। 

शिवम सिमेन्टको सेयर मूल्य बुधबार पनि प्रतिकित्ता २८.२० रुपैयाँले घटेको हो। कम्पनीको सेयर मूल्य बुधबार ५५१.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

shivam.JPG

कम्पनीको सेयर उच्च मूल्य १ हजार ९१० रुपैयाँमा पुगेको थियो। लगातार घटेर शिवमको सेयर प्रतिकित्ता ५५० रुपैयाँसम्म झरेको थियो। कम्पनीको एक वर्षका सेयर मूल्य ५४ प्रतिशतले घटेको छ। 

बुधबार शिवमको सेयर २ लाख ४५ हजार कित्ता किनबेच हुँदा सबैभन्दा धेरै १३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो।

कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ३७ अर्ब रहेको छ। गत वर्षको नाफाबाट कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म लाभांश दिने सक्ने क्षमता राख्ने अनुमान गरिएको छ।


प्रकाशित : बुधबार, मंसिर २१ २०७९१०:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend